भारत ह्यूमेन मेटान्यूमोभाइरसकाे जाेखिम सामना गर्न तयार, पर्याप्त चिकित्सा परीक्षण सुविधा उपलब्ध


नयाँ दिल्ली (ब्युरो) – भारत ले ह्यूमन मेटान्यूमोभाइरस (एचएमपीवी) को मुलुकमा पर्याप्त चिकित्सा परीक्षण सुविधा उपलब्ध रहेको र कुनै पनि सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी पूरा भएको जनाएको छ।

चीन पछि भारतमा समेत ह्यूमन मेटान्यूमोभाइरस को संक्रमण देखिन थालिए पछि भारतको केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तव को अध्यक्षतामा मंगलबार भएको एक भर्चुअल बैठकमा देशमा श्वास प्रश्वास सम्बन्धी रोगहरूको अवस्थाको समीक्षा गर्दै उक्त कुरा जनाइएको हो।

भारतमा श्वास प्रश्वास सम्बन्धी रोगहरूको अवस्था बारेको समीक्षा बैठकमा सहभागी विशेषज्ञहरूले भारतमा पर्याप्त चिकित्सा परीक्षण सुविधा उपलब्ध रहेको र कुनै पनि सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिएका थिए ।

यो बैठक चीनमा ह्यूमन मेटान्यूमोभाइरस (एचएमपीवी) का घटनामा भएको वृद्धि सम्बन्धी समाचार प्रकाशन पछि भारतमा सम्भावित जोखिम हरूको समीक्षा र सार्वजनिक स्वास्थ्य कदमहरूको तयारी सुनिश्चित गर्न आयोजना गरिएको थियो ।

भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय को अनुसार भारतमा हाल सम्म इनफ्लुएन्जा जस्तो रोग (influenza like illness आईएलआई) गंभीर तीव्र श्वास प्रश्वास संक्रमण (severe acute respiratory infections एसएआरआई) मा अस्वाभाविक वृद्धि देखिएको छैन ।

इंडियन काउंसिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सेंटिनल सर्वेलेन्स डाटाले पनि यसलाई पुष्टि गरेको मन्त्रालयले मङ्गलबार जनाएको छ।

एचएमपीवीबारे जानकारी

सरकारले एचएमपीवीबारे जानकारी समेत सार्वजनिक गरेको छ। यस अनुसार एचएमपीवी सन २००१ देखि विश्वव्यापी रूपमा चिनिएको श्वास प्रश्वास सम्बन्धी भाइरस हो, जसले विशेष गरी जाडो र वसन्त ऋतुमा सबै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। यो सामान्यत: हल्का हुन्छ र अधिकांश संक्रमित व्यक्ति स्वाभाविक रूपमा निको हुन्छन् ।

राज्यहरूलाई निर्देशन
स्वास्थ्य सचिव श्रीवास्तवले राज्यहरूलाई आईएलआई/एसएआरआईको निगरानीलाई अझ सशक्त बनाउन र नियमित रूपमा समीक्षा गर्न सुझाव दिएकी छन्। साथै, रोग रोकथामका उपायहरूको बारेमा जनचेतना अभिवृद्धि गर्न आग्रह गरिएको छ।

भारतको तयारी
बैठकमा सहभागी विशेषज्ञहरूले भारतमा पर्याप्त चिकित्सा परीक्षण सुविधा उपलब्ध रहेको र कुनै पनि सम्भावित जोखिम सामना गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिएका छन् ।

सावधानी अपनाउन सुझाव

  • साबुन र पानीले हात धुने ।
  • अनुहार, आँखा, नाक र मुख छुनु अघि हात सफा गर्ने ।
  • संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क नगर्ने ।
  • खोक्दा वा हाच्छ्युँ गर्दा मुख र नाक छोप्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!