अनुसन्धान

पक्षाघातका बिरामीले दिमागमा जडान गरिएको चिप प्रयोग गरेर ड्रोन उडाए


वैज्ञानिकहरूले न्यूरोबायोनिक्सको क्षेत्रमा नयाँ कोसेढुङ्गा हासिल गरेका छन् । एक टेट्राप्लेजिक (शरीरको चारै अङ्गमा पक्षाघात) व्यक्तिले आफ्नो दिमाग मात्र प्रयोग गरेर भिडियो गेम नियन्त्रण गर्न सफल भएका छन् ।

शल्यक्रिया मार्फत मस्तिष्कमा प्रत्यारोपित ब्रेन–कम्प्युटर इन्टरफेसले व्यक्तिलाई एउटा भर्चुअल हातको औँठा र औँलाहरू चलाउन अनुमति दियो ।

नेचर मेडिसिनमा प्रकाशित अध्ययन अनुसार, यो प्रविधिले पक्षाघातबाट पीडित व्यक्तिहरूका लागि सहायक उपकरणहरू, मनोरञ्जन र खेलकुद गतिविधिहरूको लागि नयाँ अवसरहरू प्रदान गर्न सक्छ।

‘सामान्य पकड भन्दा बाहिर, यदि औँलाहरूलाई व्यक्तिगत रूपमा नियन्त्रण गर्ने क्षमता प्रदान गरियो भने, टाइपिङ सङ्गीत वाद्य यन्त्रहरू बजाउने वा भिडियो गेम नियन्त्रकहरू जस्ता डिजिटल इन्टरफेसहरू प्रयोग गर्ने सम्भव हुन सक्छ’, अध्ययनका लेखकहरू भन्छन् ।

यो इन्टरफेस ६९ वर्षीय पक्षाघात भएका मानिसको मस्तिष्कको बायाँ प्रिसेन्ट्रल जायरसमा प्रत्यारोपित गरिएको थियो । मस्तिष्कको यो भाग हातको चाल नियन्त्रण गर्न जिम्मेवार छ ।

यो डिभाइसले मस्तिष्कको थुप्रै न्युरोन्स को इलेक्ट्रिकल गतिविधि रेकर्ड गरियो, जबकी बिरामी ले एउटा भर्चुअल हात लाई विभिन्न गतिविधिहरू गर्दै देख्यो ।

अनुसन्धान कर्ताहरूले विशिष्ट औँलाहरूको चाल सँग सम्बन्धित न्यूरोन्सबाट सङ्केतहरू पहिचान गर्न मेसिन लर्निङ प्रयोग गरे । यसले बिरामीलाई भर्चुअल हातको तीन औँलाको समूह र दुई–आयामी (टु डाइमेन्सनल) औँला चालहरू नियन्त्रण गर्न सक्षम बनायो।

यी औँलाहरूको चाल लाई भिडियो गेमको भर्चुअल क्वाडकोप्टरको गति र दिशा नियन्त्रण गर्न प्रोग्राम गरिएको थियो । यो प्रणाली प्रयोग गरेर, बिरामीले ३ मिनेट भन्दा कम समयमा १८ वटा रिङ् हरू पार गरे । यो प्रदर्शन अघिल्लो अनुसन्धान भन्दा छ गुणा राम्रो थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!