अनुसन्धान

बोसो भएको मांसपेशीले मुटु रोगको जोखिम बढाउँछ


बिएमआई (बडी मास इन्डेक्स) र कम्मरको मापन मात्र मुटु रोग जोखिमको सही मूल्याङ्कन गर्न पर्याप्त छैन । एक अनुसन्धान अनुसार जो मानिसको मांसपेशीमा बोसो जम्मा हुन्छ अर्थात् फ्याटी मांसपेशी भएमा हृदय घात र हर्ट फेल हुने जोखिम बढी हुन्छ ।

यो अध्ययन युरोपियन हर्ट जर्नलमा प्रकाशित भएको छ । अध्ययनहरूले देखाएको छ कि जुन व्यक्तिको मांसपेशीमा ठूलो मात्रामा बोसो जम्मा भएको हुन्छ ऊनीहरू मा मुटु सँग जोडिएको सानो रक्त नली (कोरोनरी माइक्रो भास्कुलर डिसफंक्शन) लाई क्षति हुने सम्भावना बढी हुन्छ ।

अनुसन्धान कर्ता हरूले पत्ता लगाए कि इन्ट्रामस्कुलर फ्याटको उच्च स्तर र कोरोनरी माइक्रोभास्कुलर डिसफंक्शनको प्रमाण भएका मानिसहरूमा मृत्यु, हृदय घात र हर्ट फेल हुने उच्च जोखिम थियो ।

इन्टरमस्कुलर फ्याटले हृदय रोगको जोखिम बढाउँछ भन्ने थाहा पाउनु उच्च जोखिममा रहेका व्यक्तिहरूलाई पहिचान गर्ने अर्को तरिका दिन्छ । तिनिहरूको बडी मास इन्डेक्स जे भए पनि । कार्डियाक स्ट्रेस ल्याबरेटोरीका निर्देशक प्राध्यापक भिभियन टैक्वेटीका अनुसार अध्ययनमा ६६९ व्यक्तिको मांसपेशी र फरक फरक ठाउँको बोसो को विश्लेषण गरियो, जसले थाहा पाउन सकियोस् की शरीरको संरचनाले मुटुका साना रक्त नलीहरूलाई कसरी असर गर्छ र हृदय घात हर्ट फेल को कारण बन्न सक्छ ।

अन्य ज्ञात जोखिम कारकहरू र बीएमआईको पर्बाह नगरी फ्याटी मांसपेशी मा प्रत्येक एक प्रतिशतले वृद्धि हुँदा मुटु रोगको जोखिम सात प्रतिशत सम्म बढ्छ । अर्को तर्फ, दुब्लो मांसपेशी भएका मानिसहरूमा कम जोखिम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!