अनुसन्धान
महिला वायु प्रदूषणको सम्पर्कमा रहँदा बच्चामा मोटो पनाको जोखिम
एक अनुसन्धान अनुसार गर्भावस्था अघिको महिनामा वायु प्रदूषणको सम्पर्कमा रहँदा जन्म देखि दुई वर्ष सम्मका बच्चाहरूमा उच्च बडी मास इन्डेक्स (बीएमआई) र मोटो पनको जोखिम बढाउँछ । यो अनुसन्धान चीनमा ५,८०० भन्दा बढी आमा बच्चा को जोडीमा गरिएको छ ।
जर्नल इन्भाइरोन्मेन्टल रिसर्चमा प्रकाशित अध्ययनले गर्भाधान हुनु भन्दा तीन महिना अघि अर्थात् गर्भधारण को समय पीएम २.५ स्तरमा १६.२ माइक्रोग्राम प्रति घनमिटर को वृद्धि दुई वर्षको उमेरमा बच्चाको बिएमआइजेड मा ०.०७८ को बृद्घि सँग जोडिएकोछ।
बीएमआइजेड या बडी मास इन्डेक्स जेड स्कोर को उपयोग एउटा बच्चाको बीएमआइको तुलना समान उमेर र लिङ्गका साथी सँग गर्न गरिन्छ ।
अमेरिका र चीनका अनुसन्धान कर्ताहरूले गर्भावस्थामा महिलाको पीएम २.५, पीएम १० र नाइट्रस अक्साइडको सम्पर्कमा आउने र पहिलो दुई वर्षमा बालबालिकाको विकासमा पर्ने असरको अध्ययन गरेका थिए ।
अनुसन्धान टोलीले पीएम १० प्रदूषणमा २१.१ माइक्रोग्राम प्रति घन मिटरको वृद्धि दुई वर्षको उमेरका बच्चाको बीएमआई मा ०.०९३ वृद्धि सँग सम्बन्धित रहेको पत्ता लगाए ।
अमेरिकाको दक्षिण क्यालिफोर्निया विश्वविद्यालयका सहायक प्राध्यापक झाङहुआ चेनले वायु प्रदूषण व्यापक भएको र सबै जना यसको सम्पर्कमा रहेकाले बच्चामा मोटो पनाको जोखिम निकै गम्भीर समस्या हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस