‘मदिराको हरेक चुस्कीले क्यान्सरको जोखिम बढाउन सक्छ, अमेरिकी सर्जन जनरलले दिए ठूलो चेतावनी’
‘अमेरिकी सर्जन जनरलको सुझावः मदिराको बोतलमा क्यान्सरको चेतावनी दिनुपर्ने’

अमेरिकी सर्जन जनरलले हालै मदिरा सेवन सँग सम्बन्धित स्वास्थ्य खतराहरू बारे महत्त्वपूर्ण चेतावनी जारी गरेका छन् । उनले सुझाव दिएका छन् कि चुरोटको बट्टामा जस्तै मदिराको बोतलमा पनि क्यान्सरको चेतावनी स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ । यो चेतावनी विश्व भर बढ्दै गएका क्यान्सरका घटनाहरू र मदिरा सेवनको बीचको सीधा सम्बन्धलाई उजागर गर्नका लागि हो ।
अनुसन्धानले के भन्छ?
अनुसन्धान कर्ता हरूका अनुसार, मदिरामा पाइने एथनोल शरीर भित्र गएर एसिटाल्डिहाइडमा परिवर्तन हुन्छ । यो रसायनले डीएनएलाई क्षति पुर्याउन सक्छ र क्यान्सरको विकासलाई प्रोत्साहित गर्न सक्छ । साथै, मदिराले शरीरको कोषहरूलाई पुनः निर्माण गर्ने क्षमता पनि कमजोर बनाउँछ ।
मदिराबाट बढ्ने क्यान्सरका प्रकारहरू
- मुख, घाटी र कलेजोको क्यान्सर ।
- महिलाहरूमा विशेष गरी स्तन क्यान्सर ।
- कोलन (ठूला आन्द्राको शुरू र मलाशय सम्मका भाग) र रेक्टल क्यान्सर ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार, नियमित रूपमा मदिरा सेवन गर्ने व्यक्तिहरूमा यी क्यान्सरको जोखिम धेरै गुणा बढ्ने सम्भावना हुन्छ ।
प्रत्येक घुट्को असर
विशेषज्ञहरूको भनाइ छ, कम मात्रामा होस वा धेरै, मदिराको प्रत्येक घुट्ले शरीरमा नकारात्मक असर पार्छ । ‘मध्यम मदिरा सेवन’ सुरक्षित छ भन्ने सोच्नेहरूले थाहा पाउनु पर्छ कि प्रत्येक घुट्ले डीएनएमा असर पारिरहेको हुन्छ ।
सर्जन जनरलको आग्रह
सर्जन जनरलले मदिरा उत्पादकहरूलाई आफ्नो उत्पादनमा स्पष्ट स्वास्थ्य चेतावनी दिने अपिल गरेका छन् । उनी भन्छन् कि यदि मानिसहरूले मदिरा क्यान्सरको कारण हुन सक्छ भन्ने कुरा थाहा पाए, भने उनीहरू यसको सेवन घटाउन सक्छन् ।
जागरूकता आवश्यक
नेपाल जस्ता देशहरूमा पनि मदिराको खपत तीव्र रूपमा बढि रहेको छ । यो अवस्था नियन्त्रण गर्न सरकारले र स्वास्थ्य संस्थाहरूले जन चेतना फैलाउनुपर्छ । क्यान्सरका बढ्दो घटनालाई ध्यानमा राख्दै, मदिराको बोतलमा चेतावनी दिने कदम प्रभावकारी हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस