अनुसन्धान
मानव शरीरको औसत तापक्रम कति हुनुपर्छ ?
पछिल्लो शताब्दी देखि, यो विश्वास गरिएको छ कि औसत मानव शरीरको तापमान ३६.६ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) हुन्छ । तर स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययनले यो धारणालाई चुनौती दिएको छ ।
डा. जुली पार्सननेट र उनको टोलीद्वारा गरिएको अध्ययनले मानिसको शरीरको औसत तापक्रम अहिले ३६.२ डिग्री सेल्सियस देखि ३६.८ डिग्री सेल्सियस (९७.३ डिग्री फरेनहाइट देखि ९८.२ डिग्री फरेनहाइट) बीचमा रहेको पत्ता लगाएको छ ।
जामा इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन अनुसार शारीरिक तापक्रमलाई स्वास्थ्यको महत्वपूर्ण सूचक मान्नु पर्दछ । व्यक्तिगत विशेषताहरूको आधारमा तापक्रमको मापन गर्न सक्दा गम्भीर रोगहरूको चाँडो पहिचान गर्न र उपचारमा सुधार गर्न सकिन्छ ।
६१८,३०६ मापनको विश्लेषण
यो अध्ययन अन्तर्गत सन २००८ देखि २०१७ सम्म स्ट्यानफोर्ड हेल्थ केयर का आउट पेसेन्ट बाट लिइएको ६१८,३०६ मुख भित्रको (मौखिक) तापमान मापनको विश्लेषण गरियो ।
यो बाहेक प्रत्येक मापनको समयमा, बिरामीको उमेर, लिंग, तौल, उचाइ, बडी मास इन्डेक्स (बिएमआई), औषधिहरू, र स्वास्थ्य अवस्थाहरू समेत नोट गरिएको थियो।
तापमान मा गिरावट को कारण
अनुसन्धान कर्ताहरूले औसत शरीरको तापक्रम घट्नु को मुख्य कारण मेटाबोलिक दरमा हुने परिवर्तन भएको विश्वास गर्छन् । विगत २०० वर्षमा, स्वास्थ्य सेवा, राम्रो सरसफाइ, खाद्यान्न उपलब्धता र जीवनस्तरमा भएको सुधारले सुन्याइ (इन्फ्लामेसन) कम भएको छ, जसको परिणाम स्वरूप शरीरको तापक्रम कम भएको छ ।
‘सुन्याइले प्रोटिन र साइटोकिन्स को उत्पादन गर्छ, जसले तपाई को चयापचय लाई तीव्र गर्छ र शरीरको तापक्रम बढाउँछ’ डा. पार्सननेट बताउँछन् ।
तापक्रम विभिन्न कारकहरूद्वारा प्रभावित
- लिङ्गः पुरुषहरूको औसत तापक्रम महिलाहरूको भन्दा कम देखिएको छ।
- उमेरः उमेर बढे सँगै तापक्रम घट्छ ।
- उचाइ र तौलः उचाइमा थोरै तापक्रम घटबढ भए पनि तौल बढे सँगै तापक्रम बढ्ने देखिएको छ।
- समयः दिनको समयमा तापक्रमको फरक धेरै महत्वपूर्ण छ । बिहान सबेरै तापक्रम सबैभन्दा चिसो हुन्छ भने दिउसो ४ बजेतिर सबैभन्दा तातो हुन्छ।
तापक्रम र स्वास्थ्य
ज्वरोको परम्परागत मापदण्ड १०० वा १००.४ फरेनहाइट भन्दा माथि भएको तापक्रमलाई मानिन्छ । तर, अनुसन्धान कर्ताहरूका अनुसार, व्यक्तिगत तापक्रमको आधारमा ज्वरोको परिभाषा गर्न सकिने हो भने रोगको पहिचान छिटो र सही रूपमा गर्न सकिन्छ ।
अनुसन्धान कर्ताहरूले उदाहरण दिएका छन् कि एक वृद्ध व्यक्तिमा गम्भीर मुटुको सङ्क्रमण भए पनि उनको तापक्रम परम्परागत मापदण्ड अनुसार ज्वरोको रूपमा वर्गीकृत हुन नसक्दा रोग ढिलो पहिचान हुन सक्छ ।
हामी पहिले जस्तो छैनौ
डा. पार्सननेटले यो परिवर्तनलाई फराकिलो सन्दर्भमा व्याख्या गरे । हाम्रो जीवन शैली र वातावरणमा आएको परिवर्तनले हाम्रो शरीरमा लाई पनि परिवर्तन गरेको उनको भनाइ छ ।
- घरको तापक्रम नियन्त्रित हुनु ।
- सूक्ष्मजीहरू को सम्पर्कमा कमी ।
- राम्रो र पौष्टिक खानाको उपलब्धता ।
‘मानिसहरू सधैँ उस्तै छन् भनेर हामी सोच्छौं, तर त्यस्तो होइन । हामी शारीरिक रूपमा परिवर्तित हुदैछौं’, उनले भने ।
डाक्टर र आम व्यक्तिको गलत भ्रम
डा. पार्सननेटका अनुसार आज पनि अधिकांश मानिसहरू, यति सम्म की डाक्टरहरू पनि ३६.६ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) लाई सामान्य तापक्रम मान्छन् । तर यो सही होइन । प्रत्येक व्यक्तिको सामान्य तापक्रम फरक हुन्छ र यो उसको परिस्थितिमा निर्भर गर्दछ ।
स्वास्थ्यमा सुधार सँगै परिवर्तन
यस अनुसन्धानबाट यो पनि बुझ्न सकिन्छ कि राम्रो स्वास्थ्य सेवा र जीवन शैली मा सुधारले मानव शरीरलाई शारीरिक रूपमा परिवर्तन गरेको छ ।
यो अध्ययनले तापक्रमको बारेमा हाम्रो पुरानो मान्यतालाई परिवर्तन गर्न महत्बपुर्ण भूमिका खेलेको छ। स्ट्यानफोर्ड को यो अध्ययनले हामीलाई हाम्रो शरीरलाई अझ राम्ररी बुझ्न मद्दत मात्र गर्दैन तर समय सँगै मानिसहरू कसरी परिवर्तन भइरहेका छन् भन्ने समेत बताउँछ । यो परिवर्तन मानवको जीवनस्तर र स्वास्थ्य सेवामा भएको सुधारको सकारात्मक संकेत हो ।
प्रतिक्रिया दिनुहोस