अनुसन्धान

कोरोना महामारीका बेला जन्मिएका बच्चाहरूमा अटिजमको खतरा


कोरोना महामारीले जीवनका हरेक पक्षलाई मात्र नराम्रा असर पारेको छैन गर्भावस्थामा कोभिड सङ्क्रमित महिलाका बालबालिकामा पनि यसको गम्भीर असर देखिन थालेको छ ।

हालै गरिएको एक अध्ययनले कोरोना सङ्क्रमणबाट प्रभावित गर्भवती महिलाका बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) को जोखिम बढ्न सक्ने दाबी गरेको छ ।

यो अध्ययन मे महिना मा कोपेनहेगनमा आयोजित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो । अध्ययनले कोभिड संक्रमित आमाबाट जन्मेका २८ महिनाका बालबालिका मध्ये ११ प्रतिशत (२११ बालबालिका मध्ये २३) अटिजम स्पेक्ट्रम डिसअर्डरको लागि सकारात्मक पाइयो । यो दर सामान्यतया १–२ प्रतिशत को अपेक्षित दर भन्दा धेरै उच्च छ ।

यो अध्ययन अमेरिकी अनुसन्धान कर्ता र बाल सङ्क्रामक रोग विशेषज्ञ डा. कारिन निल्सन द्वारा गरिएको थियो । डा.कारिनले यस अघि बालबालिकामा जीका भाइरसको कारण हुने गम्भीर जन्म दोषहरू बारे अनुसन्धान गरेका थिए ।उनले गर्भवती महिला र उनीहरूका बच्चाहरूमा कोरोनाको सम्भावित प्रभाव बुझ्न नयाँ अध्ययन सुरु गरे ।

नवजात शिशुहरूमा प्रारम्भिक लक्षणहरू देखियो

युसीएलए को म्याटेल चिल्ड्रेन हस्पिटल मा जन्मेका बच्चाहरूमा एउटा असामान्य प्रवृत्ति देखियो । यी मध्ये धेरै नवजात शिशुहरूलाई गहन चिकित्सा हेरचाह आवश्यक भयो । शिशुहरूको मोटर फंग्सनलाई मूल्याङ्कन गर्न ‘जनरल मुभमेन्ट एसेसमेन्ट’, भनिने उपकरण प्रयोग गरिएको थियो ।

प्रारम्भिक मूल्याङ्कनले १४ प्रतिशत बालबालिकामा विकास सम्बन्धी समस्याका सङ्केत देखियो । ६ देखि ८ महिनाको उमेर सम्म पुग्दा, १०९ शिशुहरू मध्ये लगभग १२ प्रतिशत ले विकास को महत्वपूर्ण अवस्था हासिल गर्न सकेनन् । एकै समयमा, ११.६ प्रतिशत बालबालिकामा सञ्ज्ञानात्मक, मोटर वा भाषा विकासमा ढिलाइ देखियो ।

नतिजामा मतभेद 

यो अनुसन्धान चिन्ताजनक भए पनि यसको निष्कर्षमा बहस समेत भइरहेको छ । अक्टोबर २०२४ मा जामा (द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन) मा प्रकाशित अर्को अध्ययनले दाबी गर्यो कि कोभिडबाट सङ्क्रमित आमाका बच्चाहरूमा विकास सम्बन्धी समस्याहरूको कुनै स्पष्ट जोखिम पाइएन ।

लामो समय सम्म प्रभावको आशंका 

कोरोनाको दीर्घकालीन असरहरू बारे अनुसन्धान जारी छ । यो भाइरसले शारीरिक स्वास्थ्य मात्र नभई न्युरो डेभलपमेन्ट र मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्ने अनुसन्धान कर्ताहरूको विश्वास छ ।

के हो अटिजम ? 

अटिजम स्पेक्ट्रम डिसअर्डर भनेको मस्तिष्कको विकासमा असर गर्ने अवस्था हो जसले मानिसको अरू सँगको अन्तरक्रिया गर्ने र सोच्ने तरिकालाई असर गर्छ । जसका कारण प्रभावित बालबालिकालाई सामाजिक अन्तरक्रियामा पनि समस्या आउन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

पीडितहरू ले डिप्रेसन, चिन्ता र सुत्न कठिनाइ सहित विभिन्न प्रकारका व्यवहारिक समस्याहरू विकसित हुने जोखिम हुन सक्छ । कतिपय बालबालिकामा अटिजम स्पेक्ट्रम डिस अर्डरका लक्षणहरू बाल्य कालमै देखिन थाल्छन्, जस्तै राम्रो सँग आँखाको सम्पर्क गर्न नसक्नू, नाम सुन्दा पनि प्रतिक्रिया नदिनू आदि ।

यसले बालबालिकाको भाषा कौशल, बोल्न र चीजहरू बुझ्नमा पनि कठिनाइ ल्याउन सक्छ । सामान्यतया, यस सँग सम्बन्धित समस्याहरू दुई वर्षको उमेरमा बच्चाहरूमा देखा पर्न थाल्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!