अनुसन्धान
‘हर्ट फेल भएका बिरामीका लागि खुसीको खबर, कृत्रिम मुटु ले हृदयको मांसपेशीको पुनर्निर्माण हुँदैछ’
हालै गरिएको एक अध्ययनले कृत्रिम मुटु भएका बिरामीमा मुटुको मांसपेशी मा नयाँ कोशीका को निर्माण सामान्य मुटुको तुलनामा ६ गुणा छिटो बन्ने गरेको खुलासा गरेको छ ।
हृदयको विफलता (हर्ट फेल्योर) एक गम्भीर रोग हो । यो अमेरिकामा लगभग ७० लाख वयस्कहरूलाई असर गर्छ र प्रत्येक वर्ष १४ प्रतिशत मृत्युको कारण बन्छ । मुटु फेल, जसलाई कन्जेस्टिभ हार्ट फेल (CHF) पनि भनिन्छ, यस्तो अवस्था हो जहाँ मुटुले शरीरको रगत र अक्सिजनको आवश्यकतालाई पूरा गर्न पर्याप्त रगत पम्प गर्न सक्दैन।
अहिले सम्म, हर्ट फेलियर को कुनै स्थायी उपचार थिएन र औषधि, मुटु प्रत्यारोपण वा बायाँ भेन्ट्रिकुलर एसिस्ट उपकरण (left ventricular assist device) जस्तो उपचारका विकल्पहरू मात्र उपलब्ध थिए ।
तर अब एरिजोना विश्वविद्यालयको सर्भर हर्ट सेन्टरको एउटा नयाँ अध्ययनले अचम्मको खुलासा गरेको छ । अध्ययनमा यो पत्ता लागेको छ कि कृत्रिम मुटु सँग जोडिएका केही बिरामीहरूमा मुटुका मांसपेशीहरू पुनर्जीवित हुन सक्छन् । यो अध्ययन सर्कुलेसन मेडिकल जर्नलमा प्रकाशित भएको छ ।
यस अध्ययनमा अनुसन्धाताहरूले यूटा युनिभर्सिटी को हेल्थ डिपार्टमेन्ट बाट कृत्रिम मुटुका बिरामीहरूबाट तन्तु (टिस्यु) को नमुनाहरू प्राप्त गरेका थिए । वैज्ञानिकहरूले कार्बन डेटिङ प्रविधिको प्रयोग गरी मुटुमा नयाँ कोशिकाहरू बनिरहेका छन् कि छैनन् भनी जाँच गरे । यस अवधिमा, तिनिहरूले देखे कि केही बिरामीहरूमा मुटुको मांसपेशी पुनर्निर्माण भइरहेको थियो, जबकी अन्यमा यो प्रक्रिया भइ रहेको थिएन ।
कृत्रिम मुटुको प्रभाव
अध्ययनले यो पनि सङ्केत गर्यो कि कृत्रिम मुटुले मुटुको मांसपेशीलाई ‘बेड रेस्ट’ को अवसर प्रदान गरिरहेको हुन सक्छ, जसरी चोट पछि आराम गर्दा कङ्कालको मांसपेशी (Skeletal muscle) निको हुन्छ ।
पम्पले मुटुलाई बाइ पास गरेर रगत महा धमनीमा धकेल्छ, मुटुले अनिवार्य रूपमा आराम गरिरहेको छ । सर्भर हर्ट सेन्टरका निर्देशक र यु अफ ए कलेज अफ मेडिसिन का कार्डियोलोजी विभागका प्रमुख डा. हेसम सादेकले विश्रामको अभावमा नै जन्मिने बित्तिकै मुटुको मांसपेशी पुनर्निर्माण गर्ने क्षमता गुम्ने बताए ।
हर्ट फेलियरको उपचारमा मद्दत
यद्यपि यो अध्ययनले महत्वपूर्ण कदम चालेको छ, डा सादेक भन्छन् कि कृत्रिम मुटु भएका बिरामीहरू मध्ये मात्र २५ प्रतिशत मा यो पुनरुत्थान क्षमता देखिएको छ ।
उनीहरूको अर्को लक्ष्य किन केही बिरामीहरू ले मात्र यो क्षमता देखाउँछन् र यो प्रक्रिया सबै बिरामीहरूमा कसरी विस्तार गर्न सकिन्छ भनेर बुझ्नु हो । यो जानकारीले हर्ट फेलियर को उपचारको लागि नयाँ विधि विकासमा मद्दत गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस