कसरी काम गर्छ, रूसको क्यान्सर खोप? एउटा डोज बनाउन लाखौं खर्च! हरेकको लागि व्यक्तिगत खोप


क्यान्सर विरुद्धको लडाइँमा रूसले ठूलो प्रगति गरेको दाबी गरेको छ। रूसको स्वास्थ्य मन्त्रालयले क्यान्सर उपचारका लागि एउटा खोप विकास गरिएको घोषणा गरेको छ, जसलाई २०२५ को सुरुवात देखि बिरामीहरूलाई निःशुल्क प्रदान गरिनेछ।

रूसको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका प्रमुख आन्द्रेई काप्रिनले यस कुराको पुष्टि गरेका छन्। तर, यो खोप क्यान्सर रोकथामका लागि होइन, क्यान्सरबाट पीडित बिरामीहरूको उपचारका लागि मात्र प्रयोग हुनेछ। अब, यस खोपसँग सम्बन्धित मुख्य तथ्यहरू जानौँ।

  • बिरामीहरूको लागि व्यक्तिगत रूपमा खोप तयार हुनेछ :- रूसको यो खोप ‘पर्सनलाइज्ड’ हुनेछ, जसको अर्थ यो प्रत्येक बिरामीका लागि अलग-अलग तयार गरिनेछ। यस प्रक्रियामा बिरामीको आफ्नै ट्युमरबाट आरएनए निकालिनेछ र त्यसको आधारमा खोप तयार गरिनेछ।
  • खोप कसरी काम गर्छ :- पारम्परिक खोपहरू झैं, यस खोपले समेत क्यान्सर सेलहरूको सतहमा हुने प्रोटिन (एण्टिजेन) को प्रयोग गर्छ। यी एण्टिजेन शरीरमा सुईको मद्दतले  (इन्जेक्ट) हालिन्छ, ताकि बिरामीको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) ले ती प्रोटिनलाई चिन्न सकोस्, एण्टिबडी उत्पादन गरोस् र क्यान्सर कोष (सेल) हरूलाई आक्रमण गर्न सकोस्।
  • खोप बनाउने प्रक्रिया :- रूसको गामालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्जेन्डर गिन्ट्सबर्गले खोप बनाउन उच्चस्तरीय प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको बताएका छन्। ट्युमर (गाँठो)बाट प्राप्त डेटा प्रयोग गरी खोप तयार गरिन्छ। यो प्रक्रिया पूरा गर्न करिब ३० मिनेटदेखि १ घण्टा सम्म समय लाग्छ।
  • कुन-कुन क्यान्सरका लागि प्रयोग हुनेछ :- अहिले सम्म यो स्पष्ट छैन कि खोप कुन-कुन प्रकारका क्यान्सरका लागि प्रभावकारी हुनेछ। यसबारे रूसले कुनै जानकारी दिएको छैन। यद्यपि, रूसमा सबैभन्दा बढी देखिने क्यान्सरहरूमा कोलन (ठूलो आन्द्राको सुरु र मलाशय सम्मको भाग), स्तन, र फोक्सो को क्यान्सर सामेल छन्।
  • खोपको लागत :- यो खोप रूसी सरकारले प्रति खुराक (डोज) करिब ३ लाख रूबल (झन्डै २,८६९ अमेरिकी डलर वा करिब ४ लाख नेपाली रुपैयाँ)  मा तयार गर्छ। तर, यसलाई रूसी नागरिकहरूलाई निःशुल्क प्रदान गरिनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!