अनुसन्धान

दैनिक कफी पिउनाले २ वर्ष सम्म बढ्न सक्छ उमेर, पुराना रोगहरू हट्छ


एउटा नयाँ अनुसन्धानले कफी पिउनेहरूको आयु सामान्य मानिसको भन्दा २ वर्ष बढी हुन सक्ने खुलासा गरेको छ । एजिङ रिसर्च रिभ्युज जर्नलमा प्रकाशित एक रिपोर्टमा कफी पिउनु शरीरका लागि फाइदा जनक रहेको पाइएको छ । यो अध्ययन कोइम्ब्रा विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले गरेका हुन् ।

यस अनुसन्धानले कफीमा पाइने २ हजार भन्दा बढी बायो एक्टिभ यौगिक (compound) को गुण को बारेमा बताइएको छ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ ।

अध्ययनका अनुसार कफी पिउनु को प्रत्यक्ष सम्बन्ध उमेर सँग हुन्छ । दैनिक कफी पिउनु ले १.८ वर्ष सम्म उमेर बढाउन सक्छ । कफी पिउनु ले बुढ्यौली प्रक्रियामा पनि प्रत्यक्ष प्रभाव पार्छ, उमेर सामान्य भन्दा ढिलो गतिले बढ्छ ।

यसले जैविक संयन्त्र हरूमा राम्रो प्रभाव पार्छ, जसले प्रायः उमेरका कारण हुने रोगहरू जस्तै मुटु रोग, क्यान्सर र स्ट्रोक आदिलाई रोक्छ ।

यस अनुसन्धानमा संलग्न लेखकका अनुसार विश्वको जनसङ्ख्या तीव्र रूपमा बूढो भइरहेका छन । तसर्थ, आहार परिवर्तन र लामो जीवन बाच्न मद्दत गर्ने यस्ता चीजहरू समावेश गर्न महत्वपूर्ण छ ।

कफीले पुरानो रोगहरू हटाउँछ 

अनुसन्धान मा भनिएको छ कि स्वस्थ उमेर बढनुमा कफीको भूमिकालाई बेवास्ता गरिएको छ, तर कफी पिउनाले धेरै पुरानो रोगहरू हटाउन सक्छ । कफी पिउनाले मुटु रोग, सञ्ज्ञानात्मक (सोच्नु बुझ्नु) र न्युरोलजिकल समस्या सँगै अन्य धेरै पुरानो रोगहरूको जोखिम कम गर्न सकिन्छ । कफीले स्वस्थ जीवन जिउन मद्दत गर्छ ।

कफी पिउनु का फाइदाहरू

कफीमा २००० भन्दा बढी सम्भावित बायो एक्टिभ यौगिकहरू हुन्छन्, जसमा एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी फाइदाहरू पुर्याउने, न्यूरोइन्फ्लेमेशन कम गर्ने र इन्सुलिन संवेदनशीलतालाई नियन्त्रित गर्ने यौगिकहरू समावेश छन् ।

कफीमा ‘एन्टी एजिङ’ गुण पाइन्छ । कफी पिउनाले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, आवश्यकता भन्दा बढी कफी पिउनाले हानी पुर्याउन सक्छ । किनभने यसले शरीरमा क्याफिनको मात्रा बढ्छ ।

  • कफी पिउनाले मुटु र रक्त नली सम्बन्धी स्वास्थ्य राम्रो रहन्छ, जसले मुटु सँग सम्बन्धित रोगहरूको जोखिम पनि कम गर्छ।
  • कफी पिउनाले मानसिक स्वास्थ्य राम्रो हुन्छ र निन्द्रा पनि राम्रो हुन्छ ।
  • यसले रक्तचाप नियन्त्रणमा राख्छ ।
  • यो पिउनाले टाइप २ मधुमेह हुने खतरा पनि कम हुन्छ ।
  • कफी तौल घटाउन पनि उपयोगी साबित हुन सक्छ ।

एक दिनमा कति कफी ? 

अमेरिका स्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)का अनुसार दिनमा ४०० मिलीग्राम सम्म क्याफिन स्वास्थ्यकर मानिन्छ । यदि तपाइ सरल भाषामा बुझ्नु हुन्छ भने, तपाइ दिन भरि मा २ देखि ३ कप सम्म कफी पिउन सक्नु हुन्छ । तर, यसभन्दा बढी कफी पिउनु कहिले काही स्वास्थ्यका लागि हानिकारक साबित हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!