अनुसन्धान
पारासिटामोल वृद्धहरूका लागि शत प्रतिशत सुरक्षित छैन, यसले मुटु, मृगौला, पाचन प्रणाली लगायत अङ्गहरूमा समस्या निम्त्याउन सक्छ
साधारणतया ज्वरो र हल्का देखि मध्यम दुखाइको उपचार गर्न प्रयोग गरिने पारासिटामोलले ६५ वर्ष वा सो भन्दा माथिका वयस्कहरू मा पाचन प्रणाली, मुटु र मृगौला सँग सम्बन्धित जटिलताहरूको जोखिम बढाउन सक्ने नयाँ अध्ययनले देखाएको छ ।अर्थात् लामो समयसम्म पारासिटामोल खानु वृद्धहरूको लागि खतरनाक हुन सक्छ ।
अर्थराइटिस केयर एण्ड रिसर्च जर्नलमा प्रकाशित यो अध्ययन सन् १९९८ देखि २०१८ बीचको क्लिनिकल प्राक्टिस रिसर्च डाटालिंक–गोल्डको तथ्याङ्कमा आधारित छ ।
यसमा १ लाख ८० हजार ४ सय ८३ यस्तो व्यक्तिको स्वास्थ्य रेकर्डको विश्लेषण गरियो, जसलाई छ महिना भित्र दुई वा बढी पटक पारासिटामोल दिइएको थियो । उनीहरूको तुलना ४ लाख २ हजार यस्ता व्यक्ति सँग गरियो जसले पटक पटक पारासिटामोल सेवन गरेका थिएनन् । अध्ययन सहभागीहरूको औसत उमेर ७५ वर्ष थियो।
अध्ययनमा अनुसन्धान कर्ताहरूले भनेका छन् की यो अध्ययन वृद्ध व्यक्ति हरूमा मिर्गौला, मुटु र ग्यास्ट्रोइन्टेस्टाइनल रोगको उल्लेखनीय घटनाहरू देखाउदछ, जसलाई बेलायतमा बारम्बार एसिटामिनोफेन (पारासिटामोल) सिफारिस गरिन्छ ।
पारासिटामोलको व्यापक प्रयोग र विवादहरू ओस्टियोअर्थराइटिस जस्ता अवस्थाहरूको लागि पारासिटामोल पहिलो–लाइन औषधिको रूपमा सिफारिस गरिन्छ ।
ओस्टियोअर्थराइटिस अर्थात् अस्थि सन्धि शोध, जोर्नीमा आउने क्षय कारी रोग हो । जसमा जोर्नीका उपास्थी नष्ट हुन्छन् तथा हड्डीका किनारामा अति वृद्धि हुन जान्छ । यो सँगै दुखाइ र च्याप्प समाते जस्तो जकड्याहट पैदा हुन्छ ।
पारासिटामोल लाई सन्धि शोध को लागि सुरक्षित र पहुँच योग्य मानिन्छ, तर हालका वर्षहरूमा यसको प्रभावकारिता र सुरक्षाको बारेमा प्रश्नहरू उठेका छन् । केही अध्ययनहरूले यसको दुखाइ कम गर्ने प्रभावकारितामा प्रश्न उठाएका छन्, जबकी अरूले दीर्घकालीन प्रयोगको साथ पाचन पथमा अल्सर (घाँउ) र रक्तस्राव जस्ता ग्यास्ट्रोइन्टेस्टाइनल साइड इफेक्टहरूको बढ्दो जोखिम देखाएको छ ।
अध्ययनको मुख्य निष्कर्ष
बेलायतको नटिङ्घम विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले गरेको पछिल्लो अध्ययनले बारम्बार पारासिटामोल लिँदा निम्न जोखिमहरू बढ्न सक्छः
- पेप्टिक अल्सर रक्तस्रावः २४ प्रतिशत बढी
- तल्लो ग्यास्ट्रोइन्टेस्टाइनल रक्तस्रावः ३६ प्रतिशत बढी
- पुरानो मृगौला रोगः १९ प्रतिशत बढी
- हर्ट फेलः ९ प्रतिशत बढी
- उच्च रक्तचाप ७ प्रतिशत बढी
विशेषज्ञ राय
‘पारासिटामोल लामो समयदेखि ओस्टियोअर्थराइटिसको लागि पहिलो–लाइन औषधिको रूपमा सिफारिस गरिएको छ, विशेष गरी वृद्धहरूमा, जो औषधि सँग सम्बन्धित जटिलताहरूको बढी जोखिममा छन् । तर यसको सीमित दुखाई निवारक प्रभाव र सम्भावित जोखिम लाई हेर्दै प्रयोगमा पुनर्विचार गर्नुपर्छ’, अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. भिया झाङ भन्छन ।
अघिल्लो अध्ययनबाट समर्थन
सन २०१६ मा ल्यान्सेट जर्नलमा प्रकाशित अर्को एक अध्ययनमा पाइयो की घुँडा र हिपको ओस्टियोआर्थराइटिस भएका बिरामीहरूमा दुखाइ कम गर्न र शारीरिक कार्यमा सुधार गर्न पारासिटामोलले न्यूनतम स्तरको प्रभावकारिता पनि प्रदान गर्दैन । अनुसन्धान कर्ताहरूको अनुसार यी निष्कर्षहरू पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ । यद्यपि, वृद्ध बिरामीहरूमा पारासिटामोलको लामो समय सम्म प्रयोगको सन्दर्भमा सावधानी अपनाउन सल्लाह दिइएको छ ।
प्रतिक्रिया दिनुहोस