अनुसन्धान
मुटु रोग वाट बचाउ को लागि वनस्पति प्रोटिन अति उत्तम

हावर्ड विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले हालै गरिएको एउटा नयाँ अध्ययनमा जनावरको प्रोटिनको सट्टा वनस्पति आधारित प्रोटिन लाई आहारमा सामिल गर्नाले मुटु रोगको जोखिम धेरै हद सम्म कम हुन सक्ने पाएका छन् । उक्त अध्ययन डिसेम्बर २ तारिखमा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन मा प्रकाशित भएको छ ।
आहार सम्बन्धी दिशानिर्देश ले वनस्पति प्रोटिनको उच्च सेवनको सल्लाह दिन्छ तर पशु र वनस्पति प्रोटिनको आदर्श अनुपात अज्ञात छ । यो पहिलो अध्ययन हो जसले यो अनुपातको जाँच एवं यसले मुटु स्वास्थ्य लाई कसरी प्रभावित गर्छ भन्ने देखाउँछ ।
अनुसन्धानले के भन्छ ?
हावर्ड टि.एच. चान स्कूल अफ पब्लिक हेल्थ का अनुसन्धान कर्ताहरू द्वारा गरिएको यो अनुसन्धान २ लाख ३ हजार वयस्कहरूको ३० वर्षको तथ्याङ्क मा आधारित छ ।
अध्ययनमा १६,११८ कार्डियोभास्कुलर रोग (सीभीडी) cardiovascular disease (CVD) र १०,००० कोरोनरी मुटु रोग (सीएचडी) coronary heart disease (CHD) र ६ हजार भन्दा बढी स्ट्रोक केसहरू रेकर्ड गरियो ।
परिणामले देखायो कि जुन व्यक्ति हरूले आफ्नो आहारमा वनस्पति आधारित प्रोटिन (Plant based protein) को सेवन गरे उनीहरूमा सीभीडीको जोखिम १९ प्रतिशत र सीएचडीको जोखिम २७ प्रतिशत सम्म कम पाइयो ।
वनस्पति प्रोटिनको फाइदाहरू
अनुसन्धान कर्ताहरूको अनुसार वनस्पतिमा आधारित प्रोटिनमा प्राकृतिक फाइबर, एन्टि अक्सिडेन्टहरू, भिटामिन, खनिज र स्वस्थ बोसो (फ्याट) जस्ता पोषक तत्त्वहरू पाइन्छ । यसले ब्लड लिपिड र रक्तचाप सुधार मात्र गर्दैन, सुन्याइ सम्बन्धी बायोमार्करहरुमा समेत सुधार गर्छ ।
पशु प्रोटिन र वनस्पति प्रोटिन
अमेरिकामा औसत रूपमा पशु र वनस्पति प्रोटिन को अनुपात १ :३ हुने गर्छ । अनुसन्धान कर्ताहरू विश्वास गर्छन् कि यसलाई घटाएर १:२ गर्नु सिभीडी लाई रोक्नमा सहयोगी हुन सक्छ । यदि यसलाई १ :१.३ सम्म ल्याइयोस् भने मुटु रोगको जोखिम झन् कम हुन सक्छ ।
स्वास्थ्य र पर्यावरण दुबै को लागि लाभदायक
यो अनुसन्धान व्यक्तिगत स्वास्थ्यको लागि मात्र नभइ पर्यावरण को लागि पनि लाभदायक छ । वनस्पतिमा आधारित प्रोटिनको अत्यधिक सेवनले मासु उत्पादन सम्बन्धित वातावरणीय क्षतिलाई कम गर्न सकिन्छ ।
मुटु रोग रोक्न स्वस्थ आहार महत्वपूर्ण छ । पशु प्रोटिनको सट्टा वनस्पति आधारित प्रोटिन अपनाउनु सजिलो र प्रभावकारी तरिका हुन सक्छ । तपाई को आहारमा ससाना परिवर्तनहरू गरेर मुटु को स्वास्थ्य लाई ख्याल राख्नु होस् । सही खाना पोषण मात्र होइन, दीर्घायुको आधार समेत हो ।
प्रतिक्रिया दिनुहोस