अनुसन्धान

४५ प्रतिशत मानिसहरूलाई निन्द्राका कारण कलेजोको गम्भीर रोग


के तपाइको निन्द्रा तपाइको स्वास्थ्यको लागि खतरा हुन सक्छ ? फ्रन्ट्रेयर्स इन नेटवर्क फिजियोलोजी जर्नलमा प्रकाशित अध्ययनले अचम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । अध्ययन अनुसार करिब ४५ प्रतिशत मानिसमा कलेजो सम्बन्धी गम्भीर रोगहरू खराब निन्द्राको बानी सँग सम्बन्धित रहेको पाइएको छ । अधुरो वा खराब निन्द्राको गुणस्तरले तपाई को ऊर्जा र मुडलाई मात्र असर गर्दैन, यसले तपाई को कलेजोमा पनि गम्भीर असर पार्न सक्छ ।

अनुसन्धानले खराब निन्द्रा र गम्भीर कलेजो रोग मेटाबोलिक डिसफंक्शन एसोसिएटेड स्टिएटोटिक लिभर डिजीज (एमएएसएलडी) बीच सीधा सम्बन्ध रहेको प्रमाणित गरेको छ ।

पहिले यसलाई नन अल्कोहोलिक फ्याट्टी लिभर डिजीज भनिन्थ्यो । यो सबै भन्दा सामान्य कलेजो रोग हो, जसले विश्व भरका ३० प्रतिशत वयस्क र ७ प्रतिशत देखि १४ प्रतिशत बालबालिका र किशोर लाई असर गर्छ । विज्ञहरू अनुमान गर्छन् कि सन २०४० सम्म यो तथ्याङ्क ५५ प्रतिशत भन्दा बढी वयस्कहरू सम्म पुग्न सक्छ ।

स्विजरल्याण्डको बासेल विश्वविद्यालयका वैज्ञानिकहरूले यो रोग र निन्द्रा चक्र (स्लिप साइकल) बीचको सम्बन्धलाई स्पष्ट गरेका छन् ।अध्ययनले पहिलो पटक एमएएसएलडी बाट पीडित बिरामीको निन्द्रा सामान्य मानिसको भन्दा धेरै फरक हुने देखाएको छ ।

अनुसन्धानका अनुसार, एमएएसएलडी रोगीहरू रातको समयमा ५५ प्रतिशत धेरै पटक उठ्छन् र पहिलो पटक सुतेपछि औसत ११३ प्रतिशत बढी ढिलो समय सम्म जाग्ने गर्छन् । यो बाहेक यी बिरामीहरूले दिनको समयमा धेरै र लामो निन्द्रा लिन्छन् ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि यो रोग भएका व्यक्तिहरू निन्द्रामा बारम्बार अवरोधहरू र बढ्दो जागरूकता को कारण ‘निन्द्रा को विखण्डन’, बाट पीडित हुन्छन् ।

अध्ययनको बारेमा

अध्ययनमा ४६ वयस्क पुरुष र महिलाहरू लाई समावेश गरियो, जसलाई एमएएसएलडी, एमएएसएच (स्टिएटोहेपेटाइटिस) वा सिरोसिस जस्ता अवस्था थियो । यिनी हरूको तुलना १६ स्वस्थ वयस्कहरू र गैर एमएएसएच सम्बन्धित सिरोसिस भएका ८ व्यक्तिहरू सँग तुलना गरिएको थियो । सबै सहभागीहरूलाई एक्टिग्राफ भनिने उपकरण लगाइएको थियो, जसले शारीरिक गतिविधि, प्रकाश र शरीरको तापक्रम ट्रयाक गर्छ ।

अध्ययन परिणाम

परिणामहरूले देखाए कि एमएएसएलडी र एमएएसएच सँग सम्बन्धित बिरामीहरूको निन्द्राको गुणस्तर सामान्य मानिसहरूको भन्दा धेरै खराब थियो । थप रूपमा, ३२ प्रतिशत एमएएसएलडी बिरामीहरू ले मानसिक तनावका कारण निन्द्रामा समस्या भएको रिपोर्ट गरे, जबकी यो समस्या मात्र ६ प्रतिशत स्वस्थ सहभागीहरूमा देखिएको थियो ।

विज्ञहरूका अनुसार निन्द्राको कमीले एमएएसएलडी को उत्पत्तिमा भूमिका खेल्छ । यद्यपि यो स्पष्ट छैन कि एमएएसएलडी ले निन्द्रा समस्याहरू निम्त्याउँछ वा यसको विपरीत, मोटोपना, मेटाबोलिक सिन्ड्रोम, आनुवंशिक र प्रतिरक्षा प्रतिक्रिया यसको मुख्य कारण हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!