अनुसन्धान

‘इन्सुलिन प्रतिरोधले पुरुषमा मुटु रोगको जोखिम बढाउन सक्छ’


एनल्स अफ मेडिसिन जर्नलमा हालै प्रकाशित अनुसन्धानले इन्सुलिन प्रतिरोध र मुटु रोग, विशेष गरी एओर्टिक (महा धमनी) स्टेनोसिस (Aortic stenosis) बीचको गहिरो सम्बन्ध प्रकट गरेको छ । यो अवस्था मुख्यतया ४५ वर्षभन्दा माथिका पुरुषहरूमा पाइन्छ ।

अध्ययन अनुसार इन्सुलिन प्रतिरोध (insulin resistance) ले शरीरमा ब्लड सुगर व्यवस्थापन लाई मात्र प्रभावित गर्दैन, महा धमनी भल्भको कार्य क्षमतामा समेत नकारात्मक असर पार्न सक्छ ।

अनुसन्धानका प्रमुख लेखिका डा. जोहाना कुसिस्टोले इन्सुलिन प्रतिरोध महा धमनी स्टेनोसिसको लागि परिवर्तनीय र महत्वपुर्ण जोखिम कारक हुन सक्ने बताउँछिन् ।

के हो एओर्टिक स्टेनोसिस ?

मुटुको एओर्टिक भल्भ साँघुरो हुँदा र राम्ररी नखुल्दा महा धमनी स्टेनोसिस हुन्छ । यसको परिणाम स्वरूप शरीरमा रगतको प्रवाह कम हुन्छ ।

यस्तो अवस्थामा समय मै उपचार नगरे भल्भ थप कडा हुन सक्छ । जसले गर्दा मुटु लाई बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यो अवस्थाले हृदय घात सम्म हुन सक्छ ।

अनुसन्धानले के भन्छ?

फिनल्याण्डको कुओपियो युनिभर्सिटी हस्पिटलका अनुसन्धान कर्ता हरूले ४५ देखी ७३ वर्ष सम्मका १० हजार १ सय ४४ जना पुरुषहरूको तथ्याङ्क विश्लेषण गरे । १०.८ वर्षको औसत फलोअप पछि, १ सय १६ पुरुषहरूलाई महा धमनी स्टेनोसिस भएको पाइयो ।

अनुसन्धानमा के पाइयो भने जुन पुरुषमा इन्सुलिन प्रतिरोध को संकेत गर्ने  जस्तै फास्टिङ इन्सुलिन, प्रोइन्सुलिन र सीरम सी–पेप्टाइड उच्च स्तरमा थियो , उनीहरूमा यो रोगको उच्च जोखिम थियो ।

जोखिम न्यूनीकरणको उपाय

डा. कुसिस्टोका अनुसार मेटाबोलिक स्वास्थ्य लाई व्यवस्थापन गरेर यो रोगको जोखिम कम गर्न सकिन्छ ।

  • तौल घटाउनेः यसले इन्सुलिन संवेदनशीलता लाई सुधार गर्न मद्दत गर्दछ ।
  • नियमित व्यायामः शरीरको इन्सुलिन प्रति प्रतिक्रिया सुधार गर्दछ ।
  • सन्तुलित आहारः रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ ।

मेटाबोलिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक  

इन्सुलिन प्रतिरोध एक तीव्र गतिमा उदाइरहेको समस्या हो, विशेष गरी शहरी जीवन शैलीको कारण । यस्तो अवस्थामा सचेतना र स्वस्थ जीवन शैली अपनाएमा मुटु रोगबाट बच्न मात्र नभई बढ्दो उमेर सँगै स्वास्थ्य लाई पनि राम्रो बनाउन सकिन्छ ।

यो अनुसन्धानले नयाँ बुझाइ मात्र प्रदान गर्दैन, तर इन्सुलिन प्रतिरोधको नियन्त्रणमा सुधार गर्नाले पुरुषहरूमा मुटुको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भन्ने पनि सुझाव दिन्छ । भविष्यमा यस दिशामा थप अनुसन्धानको लागि प्रेरणा समेत प्रदान गर्दछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!