अनुसन्धान
मानिसहरूले अरूको मनमा के चलिरहेको छ, कसरी बुझ्छन् ?
के तपाई ले कहिल्यै सोच्नु भएको छ कि तपाई को दिमागले कसरी बुझ्छ कि तपाई अगाडिको व्यक्ति रिसाएको, खुसी वा चित्त दुखेको छ ?
सिकागो स्थित नर्थ वेस्टर्न मेडिसिनका वैज्ञानिकहरूको एक टोलीले मस्तिष्कका केही नयाँ भागहरू पत्ता लगाएका छन्, जसले सामाजिक अन्तर क्रियामा महत्वपूर्ण भूमिका खेल्छन् । यी भागहरूको सम्बन्ध मस्तिष्कको पुरानो भागहरू जस्तै एमिग्डाला सँग छ, जुन डर र भावनाहरू सँग जोडिएको हुन्छ ।
यो खोज विशेष गरी चिन्ता र डिप्रेसन जस्ता मानसिक समस्याहरूको उपचारमा उपयोगी साबित हुन सक्छ । वैज्ञानिकहरूको अनुसार यो खोजले हाम्रो मस्तिष्कको विकासको एउटा महत्वपूर्ण पक्षलाई उजागर गर्छ, जसले हामीलाई अरू मानिसहरूको दिमागमा के भइरहेको छ भनेर हामी कसरी कल्पना गर्न सक्छौं भनेर बुझ्न मद्दत गर्छ ।
यो अध्ययन जर्नल साइन्स एडभान्सेसमा प्रकाशित भएको छ । यसको निष्कर्षले मानसिक स्वास्थ्य उपचारमा नयाँ दिशा प्रदान गर्न सक्छ । यस अध्ययनमा, वैज्ञानिकहरूले यो जान्न कोसिस गरेका छन् कि मानिसहरूले अरूको दिमागमा के भइरहेको छ भनेर कसरी बुझ्न सक्छन् ।
अनुसन्धानकर्ताहरुको अनुसार, सामाजिक सम्बन्ध लाई समर्थन गर्ने मस्तिष्कका भागहरू हालै विकसित भएका छन् र यसको सम्बन्ध मस्तिष्कको प्राचीन भाग, एमिग्डाला सँग हुन्छ । एमिग्डाला मस्तिष्कमा रहेको एउटा सानो, बदामको आकारको संरचना हो जसले भावना, प्रेरणा र स्मरण शक्ति लाई प्रशोधन गर्नमा मुख्य भूमिका खेल्छ ।
एमिग्डाला सामान्यतया खतरा पत्ता लगाउने र डर सँग सम्बन्धित छ, तर यसले अब सामाजिक व्यवहार जस्तै आक्रामकता, पालन पोषण र सामाजिक प्रभुत्व मा समेत महत्वपूर्ण भूमिका खेल्छ ।
यस अनुसन्धानका वरिष्ठ लेखक डा. रोड्रिगो एम ब्रागा भन्छन्, ‘हामी प्रायः यो सोच्छौं की अर्को व्यक्तिले के महसुस गरिरहेको छ, के उ खुसी वा दुखी छ, के मैले केही गलत भने ?’ उनले यो पनि औँल्याए कि मस्तिष्कका यी भागहरू हालै हाम्रो विकासको क्रममा विस्तार भएको छ, जसको अर्थ हो की यो प्रक्रिया एक नयाँ विकासवादी घटना हो ।
एमिग्डाला र सामाजिक सञ्ज्ञानात्मक नेटवर्क को सम्बन्ध वैज्ञानिकहरूले पत्ता लगाए कि मस्तिष्कका भागहरू जसले सामाजिक सम्पर्क लाई राम्रो बनाउँछ त्यसलाई सोसल कग्निटिभ नेटवर्क (सामाजिक सञ्ज्ञानात्मक सञ्जाल) भनिन्छ । यी सञ्जालहरू एमिग्डाला सँग निरन्तर सम्पर्कमा रहन्छन् र यो सञ्चार सँधै जारी रहन्छ ।
एमिग्डाला भित्र एउटा विशेष भाग हुन्छ जसलाई ‘मेडियल न्यूक्लियस’ भनिन्छ । जुन सामाजिक व्यवहारका लागि महत्वपूर्ण हुन्छ ।
यो पहिलो अध्ययन हो जसमा यो देखाइयो की एमिग्डालाको मेडियल न्यूक्लियस सोसल कग्नेटिभ नेटवर्कको नयाँ विकसित भागहरू सँग जोडिएको छ । यस अध्ययनले चिन्ता (एन्जाइटी) र डिप्रेसन जस्ता मानसिक विकारको उपचारमा नया दिशा दिने विज्ञहरू बताउँछन् ।
एमिग्डालाको बढी सक्रियता चिन्ता र डिप्रेसनमा पाइन्छ, जसले अत्यधिक भावनाहरू र तिनिहरूलाई नियन्त्रण गर्न कठिनाइ उत्पन्न गर्न सक्छ ।
अध्ययनहरूले देखाएको छ कि एमिग्डाला र सामाजिक सञ्ज्ञानात्मक सञ्जाल (सोसल कग्नेटिभ नेटवर्क) को बीचको सम्बन्धले मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस