अनुसन्धान

पुरुषको दाँजोमा महिला किन कम सुत्छिन् ?


महिलाहरू प्रायः आफ्नो हेरचाह र पारिवारिक जिम्मेवारीको कारण निन्द्रामा सम्झौता गर्ने मान्यता समाजमा रहे पनि हालै गरिएको एक अध्ययनले महिलाको निन्द्रामा जैविक (बायोलोजिकल) कारणले पनि महत्वपूर्ण भूमिका खेल्ने खुलासा गरेको छ ।

यो अध्ययनको निष्कर्ष साइन्टिफिक रिपोर्टस् जर्नल मा प्रकाशित छ । अध्ययन अनुसार, पुरुषहरूको तुलनामा महिलाहरूले कम पूर्न निन्द्रा लिने गर्छिन् र उनीहरू निन्द्रा लिँदा बारम्बार धेरै पटक ब्यूँझिने गर्छिन् । पुरुषको दाँजोमा महिलाहरू कम आराम दायक निन्द्रा अनुभव गर्छिन् ।

अनुसन्धान कर्ताहरूले यी भिन्नताहरूको लागि जीवन शैलीको सट्टा जैविक कारकहरूलाई श्रेय दिन्छन् । सम्भावित रूपमा तनाव हार्मोनहरू र विकासवादी भूमिकाहरू सँग निन्द्रा लाई जोडछन ।

यो अध्ययन मुसामा गरिएको हो । अध्ययनमा वैज्ञानिकहरूले २६७ मुसाको निन्द्राको विश्लेषण गरेका छन् । अनुसन्धानले पत्ता लगायो कि भाले मुसाहरू प्रति दिन औसत ६७० मिनेट सुत्छन्, जुन महिला मुसाहरू भन्दा करिब एक घण्टा बढी हो । यो अतिरिक्त समय मुख्यतया नन–र्यापिड आई मुभमेन्ट (एनइआरएम) निन्द्रा हो, जुन शरीरको ऊर्जा मर्मत र पुनर्स्थापना गर्ने समय हुन्छ । उही समयमा, पोथी मुसाको निन्द्रा धेरै पटक टुट्छ । यो भिन्नता मुसामा मात्र नभएर फलफूलमा बस्ने झिँगा, मुसा, माछा र चराहरू जस्ता अन्य जनावरहरूमा पनि देखियो ।

वैज्ञानिकहरू विश्वास गर्छन् कि जैविक रूपमा महिलाहरू आफ्नो परिवेश प्रति बढी संवेदनशील हुन्छन् । किनभने परम्परागत रूपमा उनीहरूले बच्चाहरूको हेरचाह गर्छन् । यो बाहेक कार्टिसोल जस्तो तनाव हार्मोनहरू र सेक्स हार्मोनहरू पनि यस भिन्नतामा भूमिका खेल्न सक्छन् ।

अनुसन्धान कर्ताहरूको अनुसार निन्द्रा सँग सम्बन्धित समस्याहरूको राम्रो उपचारको लागि, यो महिला र पुरुष बीचको जैविक भिन्नताहरू बुझ्न महत्वपूर्ण छ । यस अध्ययनले भविष्यमा नयाँ चिकित्सा विधिहरू विकास गर्न मद्दत गर्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!