अनुसन्धान

‘अविवाहितलाई डिप्रेसन हुने जोखिम ८० प्रतिशत बढी ’


मकाउ पोलिटेक्निक युनिभर्सिटीमा हालै करिब एक लाख मानिसमा गरिएको एक अध्ययनले अविवाहित व्यक्तिलाई उदासी रोग (डिप्रेसन) को सिकार हुने सम्भावना ८० प्रतिशत बढी हुने देखाएको छ ।

नेचर ह्युमन बिहेभियर जर्नलमा यसै महिना प्रकाशित अध्ययनमा अमेरिका, बेलायत, आयरल्याण्ड, मेक्सिको, दक्षिण कोरिया, चीन र इन्डोनेसियाका मानिसहरूलाई समावेश गरिएको थियो ।

अध्ययनले अठार वर्षभन्दा माथिका मध्ये ८० प्रतिशत अविवाहित व्यक्ति हरू तनाव वा डिप्रेसनबाट पीडित रहेको देखाएको छ भने विवाहित व्यक्तिहरूमा यो प्रतिशत ४० भन्दा कम रहेको छ । सम्बन्ध विच्छेद भएका वा जीवन साथीबाट अलग रहने हरुमा पनि धेरै प्रकारका मानसिक समस्याहरू देखिएका छन् ।

यस अध्ययनमा संलग्न विशेषज्ञहरू विश्वास गर्छन् कि अधिकांश विवाहित व्यक्तिहरूको समर्थन प्रणाली हुन्छ । यति मात्र होइन, आर्थिक रूपमा पनि उनीहरू बढी बलियो हुन्छन् । उच्च शिक्षित अविवाहित पुरुष पनि भावनात्मक असुरक्षाको सिकार हुने गरेको यो अध्ययनले देखाएको छ ।

यस अध्ययनमा संलग्न मनोवैज्ञानिक डा. बेला डे पाउलो भन्छिन्, ‘विवाहले महिला र पुरुषलाई स्थिरता दिन्छ भन्ने विश्वास गरिन्छ। तर, यस अध्ययनमा हामीले अविवाहित व्यक्तिहरूको तुलनामा लामो समय सम्म विवाहित जोडीहरूको स्वास्थ्य पनि राम्रो हुने पाएका छौ । एक्लो मान्छेले केही समय पछि आफू माथि नै दया गर्न लाग्छन् ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!