अनुसन्धान

‘राति अबेर सम्म काम गर्दा धेरै खाने र मोटो पना जस्तो समस्या’


जर्नल साइन्स मा प्रकाशित एक अनुसन्धान अनुसार राति अबेरसम्म काम गर्दा स्वास्थ्यमा नकारात्मक असर पार्छ । अनुसन्धान अनुसार लामो समय सम्म राति अबेर सम्म काम गर्नेहरूमा कलेजोबाट मस्तिष्कमा पठाइने सङ्केतहरू बाधित हुन थाल्छ । यसले गर्दा जैविक घडी बिग्रन्छ, जसको परिणाम स्वरूप धेरै खाने र मोटो पना जस्तो समस्या हुन्छ ।

अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालय का अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि राति अबेर सम्म काम गर्ने मानिसहरूको कलेजोको आन्तरिक घडी र यसको सङ्केतहरू बाधित हुन्छन्, जसले गर्दा अनियमित समयमा धेरै खाने प्रवृत्ति बढ्छ ।

अनुसन्धान ले पत्ता लागेको छ कि भेगस नर्भ (स्नायु) को विशेष भागहरूलाई लक्षित गर्दा राती अबेर सम्म काम गर्नेहरूमा धेरै खाने समस्या सँग जुध्न सहयोग मिल्न सक्छ । किनभने यो स्नायु मार्फत कलेजोले मस्तिष्क सँग सञ्चार गर्छ ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि मुसामा रहेको आरईवी – ईआरबी जिनले शरीरको घडीलाई नियमित गर्न मद्दत गर्छ । यी जिनहरू बन्द गरे पछि, मुसा हरूको कलेजोमा एउटा दोष पूर्ण घडी विकसित भयो, जसले गर्दा खाने बानीमा नाटकीय परिवर्तन आयो । मुसाहरूले कम सक्रिय घण्टामा बढी खान्थे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!