अनुसन्धान

‘मस्तिष्क मात्र होइन, शरीरको हरेक कोषले सम्झनाहरू भण्डारण गर्छ’


सामान्यतया मस्तिष्कले मात्रै स्मरण भण्डारण गर्छ भन्ने विश्वास गरिन्छ तर एक नयाँ अनुसन्धानले शरीरका अन्य अङ्गहरूमा पनि सम्झनाहरू भण्डारण गर्न सकिने कुरा प्रमाणित गरेको छ । अमेरिकाको न्युयोर्क युनिभर्सिटीमा गरिएको यो अनुसन्धानले मस्तिष्क सम्बन्धी विकारको उपचारको नयाँ बाटो खोलेको छ ।

मस्तिष्क बाहिर पनि छ स्मरण शक्तिको भण्डार नेचर कम्युनिकेसन म्यागजिनमा प्रकाशित यस अनुसन्धान अनुसार शरीरका अन्य कोशिकाहरू पनि नयाँ जानकारी सिक्न र सम्झनाहरू भण्डारण गर्न सक्षम हुन्छन् ।

अनुसन्धानका प्रमुख लेखक निकोले वी. कुकुश्किनका अनुसार मस्तिष्क बाहेकका कोशिकाहरूले पनि प्रतिक्रियाको समय ‘मेमोरी जिन’ सक्रिय गर्न सक्छन् ।

अन्य कोशिका कसरी गर्छन् सम्झना भण्डारण

अनुसन्धानकर्ताहरुले पत्ता लगाए कि जब मस्तिष्क कोशिकाहरूले जानकारीमा ढाँचा खोज्छन् भने तिनिहरूले मेमोरी जिन लाई सक्रिय पार्छन् र आफ्नो संरचना पुनर्गठन गर्छन् ।

यो प्रक्रिया अन्य कोषिकाहरूमा समेत देखिएको छ । विभिन्न रासायनिक सङ्केतहरू प्रति प्रतिक्रिया गर्दै यी कोषिकाहरूमा समेत स्मृति सिक्ने प्रक्रिया सक्रिय हुन्छ ।

प्रोटिन मार्फत मेमोरीको पहिचान

अनुसन्धानकर्ताहरुले प्रोटिनको माध्यमले मस्तिष्क बाहेकका कोशिकाहरूमा मेमोरी सम्बन्धित जिनहरू सक्रिय छन् कि छैनन् भनी पत्ता लगाउन प्रयोग गरे ।

खोजहरूले पत्ता लगायो कि रासायनिक सङ्केतहरू दोहोर्याउँदा, यी कोशिकाहरूमा मेमोरी जिनहरू पनि सक्रिय हुन थाले, जुन मस्तिष्कको कार्य प्रणाली ले मिल्दो जुल्दो प्रतिकृया गर्छ ।

ब्रेक सँगै सिक्नु बढी प्रभावकारी

अनुसन्धानले यो पनि पत्ता लगायो कि जब कोशिकाहरूलाई सिकाइको बीचमा अन्तर वा ब्रेक दिइयो, यो प्रक्रिया अझ प्रभावकारी साबित भयो ।

जसरी हाम्रो मस्तिष्कका न्युरोनहरूले ब्रेक लिँदा अझ प्रभावकारी रूपमा सिक्छन्, यस्तै अन्य कोशिकाहरूले पनि ब्रेक लिएपछि नयाँ जानकारी लाई धेरै समय सम्म कायम राख्छन् ।

समय समयमा सक्रिय गर्नाले मेमोरी जिन बलियो

अनुसनधानकर्ताहरुले अवलोकन गरे कि जब स्मृति सम्बन्धित सङ्केतहरू लाई कोशिकामा विभिन्न अन्तरालहरूमा दोहोर्याइयो, भने मेमोरी जिनहरू लामो समय सम्म सक्रिय रहयो । यसको विपरीत यदि यही प्रकृया निरन्तर गरिदा यसको प्रभाव दीर्घकालीन रहेन ।

नयाँ चिकित्सा सम्भावना तिर कदम

कुकुश्किनका अनुसार यो अनुसन्धानले मस्तिष्कका कोषहरूमा ध्यान केन्द्रित नगरी शरीरका सबै कोषहरूमा स्मरण र सिकाउने क्षमताहरू बुझ्ने अवसर दिन्छ ।

यसले मस्तिष्क सम्बन्धी विकारहरूको उपचारमा नयाँ बाटो मात्र खोल्ने छैन, शरीरलाई पनि स्वास्थ्य सुधार गर्न मस्तिष्कले जस्तै काम गर्न उत्प्रेरित गर्नेछ।

यस अध्ययनले शरीर र मस्तिष्क बीचको गहिरो अन्तर सम्बन्धित जटिलताहरूलाई उजागर गर्दै नयाँ चिकित्सा सम्भावनाहरूलाई जन्म दिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!