अनुसन्धान

‘मात्र ५ मिनेट गर्नुहोस् यी दुइ काम, रक्तचाप हुन्छ कम’


एक अनुसन्धानले विश्व भर बढ्दै गएको उच्च रक्तचापको समस्यालाई कम गर्ने एउटा सरल उपाय सार्वजनिक गरेको छ । सर्कुलेसन जर्नलमा गत बुधवार प्रकाशित अनुसन्धान अनुसार दैनिक पाँच मिनेट जति सिँढी चढ्ने र उकालो हिँड्ने जस्ता शारीरिक गतिविधिहरू मार्फत व्यायाम गर्दा रक्तचाप कम गर्ने देखाएको छ ।

यस अनुसन्धानबाट स्पष्ट भएको छ कि स्वस्थ रहन जिममा घन्टौँ बिताउनु आवश्यक छैन । पाँच मिनेटको नियमित गतिविधिले पनि तपाई को स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

युनिभर्सिटी अफ सिड्नी र युनिभर्सिटी कलेज लन्डनका अनुसन्धान कर्ताहरूले २४ घण्टाको अवधिमा एक्टिभिटी ट्रयाकर लगाएका करिब १५ हजार मानिसको डेटा अध्ययन गरेर यो निष्कर्षमा पुगेका हुन । यो अनुसन्धान ‘पर्स्पेक्टिभ फिजिकल एक्टिभिटी, सिटिंग एण्ड स्लिप (प्रोपास) कन्सोर्टियम’, अन्तर्गत गरिएको थियो ।

अनुसन्धानले के भन्छ ? 

कम समयमा बढी असर अनुसन्धानले देखाएको छ कि यदि एक व्यक्तिले दिनको ५ मिनेट पनि उच्च तीव्रताको शारीरिक गतिविधि गर्छ भने, रक्तचापमा नाप्न योग्य (सिस्टोलिक रक्तचापको २ एमएमएचजी र १ एमएमएचजी डायस्टोलिक रक्तचापको कमीको रूपमा परिभाषित) कमी देख्न सकिन्छ ।

अनुसन्धानका सह लेखक र प्रोपास कन्सोर्टियमका निर्देशक प्रा. इमानुएल स्टामाटाकिसका अनुसार यति छोटो अवधिको गतिविधि भए पनि यसको स्वास्थ्यमा प्रभाव निकै सकारात्मक रहेको बताए ।

जीवन शैलीमा थोरै परिवर्तन प्रभावकारी

२० मिनेटको व्यायामले मुटु रोगको जोखिम २८ प्रतिशतले कम गर्छ

अनुसनधानकर्ता हरूका अनुसार यदि व्यक्तिले आफ्नो दैनिक दिनचर्यामा २०–२७ मिनेटको व्यायामलाई समावेश गर्छ र निष्क्रिय समयलाई कम गर्छ भने यसले रक्तचाप मात्र कम गर्दैन मुटु रोगको जोखिम पनि २८ प्रतिशतले कम गर्न सक्छ । निष्क्रिय जीवन शैली र लगातार बस्नुले मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्छ र यसबाट बच्नको लागि थोरै सकृयता निकै फाइदा जनक साबित हुन सक्छ।

रक्तचापको बढ्दो जोखिम 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार विश्व भर १ अर्ब २८ करोड मानिस ३० देखि ७९ वर्ष उमेरमा उच्च रक्तचापबाट पीडित छन् । जसमध्ये ४६ प्रतिशत व्यक्ति यस अवस्था बारे अनभिज्ञ समेत छन् । उच्च रक्तचापका कारण हृदय घात र स्ट्रोक जस्ता गम्भीर रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा हरेक व्यक्तिले आफ्नो स्वास्थ्य प्रति सचेत हुनु र साना साना गतिविधिलाई आफ्नो दैनिकीको हिस्सा बनाउनु आवश्यक छ ।

दिनहुँ केही मिनेटको लागि सक्रिय गतिविधि आवश्यक 

दैनिक गतिविधिहरूमा साना परिवर्तनहरू गर्न सकिन्छ ।  जस्तै लिफ्टको सट्टा सिँढीको उपयोग गर्ने, ब्रेकको समयमा अफिस कोरी डोरमा हिँड्ने वा घरमा हल्का व्यायाम गर्ने । यी साना गतिविधिले पनि रक्तचाप नियन्त्रणमा मात्रै नभई व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!