पेटीकोट कस्सेर बाँध्दा क्यान्सर


नयाँ दिल्ली (ब्युरो) -भारतको बिहार र महाराष्ट्र का चिकित्सकहरूले चेतावनी जारी गर्दै भनेका छन् कि यदि साडी सँगै लाउने पेटीकोट को डोरीलाई कसेर कमरमा बाँध्दा छालाको क्यान्सर हुन सक्छ। अर्थात् पेटिकोट लाई कसेर नहुँदा स्किन क्यान्सर हुने सम्भावना हुन्छ।

महाराष्ट्र राज्यको जवाहर लाल नेहरु मेडिकल कलेज (जेएनएमसी) वर्धा र बिहार राज्यको मधुबनी मेडिकल कलेज अस्पताल का डाक्टरहरूले क्यान्सरबाट पीडित दुई महिलाको उपचार गरेपछि यो चेतावनी जारी गरेका हुन । पारम्परिक रूपमा भारतको ग्रामीण क्षेत्रमा साडी भित्र लगाइने अन्डर स्कर्ट अर्थात् पेटीकोट लाई कसेर बाँधिने कारण निरन्तर कम्मरको छालामा घर्षण हुन्छ । यो घर्षणले छालामा सुन्याई उत्पन्न हुन सक्छ। कतिपय समय यस्तो स्थितिमा छालामा घाउ हुन सक्छ र केही मामिलामा छालाको क्यान्सर समेत हुन सक्छ।

यसलाई पहिले साडी क्यान्सर को नाउँले समेत सम्बोधित गरिन्थ्यो । तर चिकित्सक हरुले बिएमजे केस रिपोर्टर्स मा प्रकाशित अध्ययनमा बताएका छन् कि कम्मरमा डोरीको कसावट नै यसको लागि जिम्मेवार छ। र यसै कारण यसलाई पेटीकोट क्यान्सरको नाउँ दिइएको छ।

विशेषज्ञहरू ले भनेका छन् कि यो अल्सर (घाउ ) धेरैजसो टाइट लुगा फाटोले गर्दा निरन्तर छालामा पर्ने दबाबको कारण पूर्ण रूपमा निको हुँदैन । यो एउटा पुरानो घाउ बन्छ। जो खतरनाक हुन सक्छ । चिकित्सक हरूले छालामा दबाबलाई कम गर्न साडीको तल एउटा खुकुलो पेटीकोट लाउने सल्लाह दिन्छन्। र यदि छाला सम्बन्धी समस्याहरू विकसित हुन्छ भने शरीरको त्यो क्षेत्रलाई निको पार्न ढिलो लुगा फाटो लगाउने सल्लाह समेत दिन्छन्।

केस स्टडी 

पहिलो केस ७० वर्षीय महिलाको थियो । ती महिलालाई दाहिने खण्डमा १८ महिना देखि छालामा दुखाई युक्त अल्सर घाउ थियो। उक्त घाउ निको भइरहेको थिएन। घाउ नजिकको छालाले आफ्नो रङ्ग समेत गुमाइ सकेको थियो। ती महिला सुरु देखि नै सारी लाउने गरेकी थिइन् ।चिकित्सकले ती महिलाको बायोप्सी गरे । यसले थाहा पाइयो कि महिलालाई मार्जोलिन अल्सर थियो । जसलाई स्क्वैमस सेल कार्सिनोमा (अल्सरेटेड स्किन क्यान्सर) समेत भनिन्छ ।

के हो मार्जोलिन अल्सर ?

मार्जोलिन अल्सर धेरै जसो कम देख्न पाइए पनि यो धेरै खतरनाक हुन्छ। यो पुरानो डढेको घाउ, निको नहुने घाउ, खुट्टाको अल्सर, छालामा क्षयरोगको गाँठो र खोप वा सर्पको टोकाइले बनेको घाउमा विकसित हुन सक्छ । चिकित्सक हरूले भने, उसो अहिले सम्म यो थाहा पाउन सकिएको छैन आखिर कसरी अल्सर (घाउ) घातक बन्छ। कमरमा निरन्तर दबाबको कारण धेरै जसो छाला कमजोर भइ हाल्छ जसले गर्दा घाउ खटिरा बन्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!