अनुसन्धान

धूम्रपान छोडेको २५ वर्ष पछि मुटु रोग सम्बन्धी जोखिम कम


जामा नेटवर्क ओपेनमा प्रकाशित अध्ययन अनुसार बढी चुरोट सेवन गर्नेहरुमा यस लाई त्यागे पछि पनि मुटु रोग सम्बन्धी जोखिम लाई कहिले पनि चुरोट नखाने हरूको अवस्थामा आउन को लागि २५ वर्ष भन्दा बढी समय लाग्न सक्छ ।

धूम्रपान र मुटु रोग (कार्डियोभास्कुलर डिजिज) को जोखिम बीचको सम्बन्ध खाइएको चुरोट को मात्रा मा निर्भर गर्दछ । उसो पहिले हल्का धूम्रपान गर्नेहरूमा यसलाई त्यागेको तुरुन्त पछि चुरोट नखाने को समान मुटु रोग सम्बन्धी जोखिम हुन्छ ।

अनुसन्धान कर्ताहरूको अनुसार अध्ययनले यो प्रश्न को उत्तर खोज्ने प्रयास गरेको छ की कुनै व्यक्तिलाई मुटु रोगको जोखिमलाई कम गर्न लाई कति समय सम्म धूम्रपान छोडने आवश्यकता छ ।

यो अनुसन्धानमा ५३ लाख भन्दा बढी मानिसको डाटा अध्ययन गरिएको थियो । यस मध्ये एक वर्षमा आठ प्याक भन्दा कम धूम्रपान गर्ने यस्तो व्यक्ति जसले धूम्रपान त्यागेका थिए, उनीहरूमा कहिल्यै धूम्रपान नगर्ने हरूको तुलनामा कार्डियोभास्कुलर (मुटु) रोग को कुनै उल्लेखनीय बढेको जोखिम देखिएन ।

यद्यपि, प्रति वर्ष आठ प्याक भन्दा बढी चुरोट पिउनेहरूमा, धूम्रपान छोडे पछि कार्डियोभास्कुलर (मुटु) रोग को जोखिम सामान्य व्यक्तिको बराबर हुन को लागि २५ वर्ष भन्दा बढी समय को आवश्यकता थियो । यस्ता व्यक्तिहरू लाई हाल चुरोट पिउनेहरू जस्तै मुटु सम्बन्धी जोखिम थियो । यसैले उनीहरूलाई मुटु सम्बन्धी समस्या सँग जुध्न सोही अनुसार उपाय अपनाउन सुझाव दिइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!