‘अब सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने’

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बुधवार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्य विधि २०८१ स्वीकृत गरेका छन


काठमाडौं –स्वास्थ्य मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरे पछि सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अहिले सङ्घ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यसको लागि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन् ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बुधवार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्य विधि २०८१ स्वीकृत गरे पछि सातै प्रदेशमा क्यान्सर उपचार सेवा शुरु हुने भएको हो ।

बुधवार स्वास्थ्य मन्त्री ले मन्त्री स्तरीय निर्णयमार्फत यस सम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन् । मन्त्री पौडेलले पद भार सम्हाले लगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । रणनीतिले सात वटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो ।

कार्य विधि अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्जमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । यसै गरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूर पश्चिमको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

यस सँगै मुलुकको सात वटै प्रदेशमा क्यान्सर उपचार सम्बन्धी सेवा को पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘आम नागरिकले सहज तरिकाले क्यान्सर उपचार सेवा पाउने गरि यसको विस्तार गर्ने हाम्रो नीति हो, यसै अनुरूप बिस्तारको कार्यलाई प्राथमिकतामा राखेर काम गरेका हौ’, स्वास्थ्य मन्त्री पौडेलले भने–‘संघीय अस्पतालको सेवा विस्तार सँगै अब आम नागरिकको क्यान्सर उपचार सेवा पहुँच सहज हुने विश्वास लिएको छु ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!