अनुसन्धान

‘गर्भावस्थामा बढी तनावले बालबालिकामा डिप्रेसन र मोटोपनको जोखिम’


एक नयाँ अध्ययनले गर्भावस्थामा महिलाले अत्याधिक तनाव लिने हो भने यसको असर भ्रूण सम्म पुग्ने र पछि बच्चामा उदासी रोग (डिप्रेसन) र मोटोपनको जोखिम बढ्ने देखाएको छ ।

सेन्ट लुइसमा वाशिंगटन विश्वविद्यालय र डार्टमाउथ कलेजको अनुसन्धान कर्ताहरूले ४६ आमा र ४० बालबालिकामा यो अध्ययन गरेका थिए ।

यस अध्ययनमा बालबालिकाको कपालमा कोर्टिसोल स्तर र जन्म पूर्व डिप्रेसन बीचको सम्बन्ध को खोजी गरियो । कोर्टिसोल स्तरलाई एउटा दीर्घकालीन तनाव को बायो मार्कर मानिन्छ ।

यो अध्ययन अमेरिकन जर्नल अफ हृयुमन बायोलजीमा प्रकाशित भएको छ । अध्ययनको सहलेखक थेरेसा गिल्डनरले यो अनुसन्धान ले गर्भावस्थाको समयमा तनाव कम गर्न विशेष उपायहरू अपनाउनु कत्तिको आवश्यक छ भनेर पत्ता लागेको बताइन । उनले भने, शरीरको तनाव व्यवस्थापन प्रणाली, जसलाई हाइपोथालेमिक पिट्यूटरी एड्रेनल (एचपीए) एक्सिस भनिन्छ, तनाव हुँदा कोर्टिसोल उत्पादन गर्दछ ।

लामो समय सम्म तनाव हुँदा एचपीए एक्सिस को गतिविधि अवरुद्ध हुन सक्छ । यसले उच्च कोर्टिसोल स्तर हुनुको साथै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । गर्भावस्थाको समयमा बढी कोर्टिसोलले भ्रूणलाई हानि पुर्याउन सक्छ र विकासलाई असर गर्न सक्छ । यसले जन्मको समय कम तौल र पछि जीवनमा धेरै अन्य समस्याहरू निम्त्याउन सक्छ । यसमा व्यवहार सम्बन्धी समस्या, डिप्रेसन, चिन्ता, पाचन सम्बन्धी समस्या र तौल वृद्धि समावेश छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!