अनुसन्धान

‘आमाको गन्धको मद्दतले बच्चाहरू अनुहार चिन्छन्’


एक अध्ययन अनुसार चार देखि १२ महिनाका शिशुहरूले अनुहार चिन्न आमाको गन्ध प्रयोग गर्छन् । शिशुहरू बढ्दै जाँदा तिनिहरू केवल दृश्य जानकारीबाट अनुहारहरू बुझ्नमा बढी कुशल हुन्छन् ।

यो अनुसन्धानको निष्कर्ष चाइल्ड डेभलपमेन्ट जर्नलमा गत बिहीबार प्रकाशित भएको छ । अध्ययनमा भनिएको छ कि शिशुहरूले आफ्नो आमाको गन्धबाट सबै भन्दा बढी फाइदा मिल्छ, र उनीहरूको दृश्य क्षमतामा धेरै सुधार हुन्छ ।

फ्रान्सको युनिभर्सिटी डी बोर्गोगेन र युनिभर्सिटी अफ हम्बर्ग का अनुसन्धान कर्ताहरूले भने कि बच्चाहरू बढ्दै जादा उनीहरूको दृश्य क्षमतामा गन्धको अनुपात घट्दै जान्छ । यसरी, एक समय यस्तो आउँछ जब उनीहरूलाई कसैलाई चिन्नको लागि गन्धको आवश्यकता पर्दैन ।

अध्ययन को उद्देश्य यो पत्ता लगाउनु थियो की जसरी जसरी शिशु बढ्छन् र मात्र दृश्य जानकारीले अनुहार लाई बुझ्न कुशल हुन्छन्, भने के गन्ध ले दृश्य सुविधा विस्तारै विस्तारै कम भइ हाल्छ ।

शिशुहरूको यो विकास बुझ्नको लागि, अनुसन्धान टोलीले चार देखि १२ महिना उमेरका ५० शिशुहरूको जाँच गर्यो । यसमा के पाइयो भने फेस–सिलेक्टिभ ईईजी प्रतिक्रिया ४ देखी १२ महिनाको बीच बढ्छ र जटिल हुन्छ । यो शिशुको विकास सँगै झन् राम्रो अनुहारको धारणाको सङ्केत हो । यसले दृश्य धारणाको प्रभावकारिता र गन्ध प्रति यसको संवेदनशीलता बीच एउटा विपरीत सम्बन्धलाई पुष्टि गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!