भारतीयलाई मुटु रोगको खतरा बढी, रगतको बहावमा कमीले गर्दा मुटु रोगको जोखिमको शिकार
भारतीयहरूमा मुटुको रोग बढ्दै गएको छ । हालसम्म यो विश्वास गरिएको छ कि मानिसहरूको धमनीको व्यास कम हुने कारण कोरोनरी आर्टरी रोग (एक प्रकारको मुटु रोग )को शिकार हुन्छन ।
तर एउटा नयाँ अध्ययनले यो दाबीलाई खारेज गर्छ । नयाँ दिल्लीको सर गंगाराम अस्पतालको कार्डियोलोजी र रेडियोलोजी विभागको अनुसन्धानका अनुसार व्यक्तिको शरीरको ‘ सर्फेस एरिया’, कम हुने कारण यस्तो हुन्छ ।
कोरोनरी आर्टरी रोग के हो ?
कोरोनरी आर्टरी रोग एउटा यस्तो मुटु रोग हो, जसमा मुटुका आवश्यक धमनीहरू क्षतिग्रस्त हुन्छन् । यसको सामान्य कारण धमनीमा बोसो जम्मा हुनु हो । यसले रक्त प्रवाहमा कमी आउँछ , जसले छाती दुख्ने देखि लिएर हृदयाघात सम्म निम्त्याउन सक्छ ।
२५० जनामा अनुसन्धान
जर्नल अफ इन्डियन कलेज अफ कार्डियोलोजीमा प्रकाशित उक्त अध्ययनमा २ सय ५० जनालाई संलग्न गराइएको थियो । सर गंगाराम अस्पतालका मुटुरोग विभागका अध्यक्ष डा जेपीएस साहनीको अनुसार अध्ययनमा सहभागीहरू मध्ये ५१ प्रतिशतलाई उच्च रक्तचाप र १८ प्रतिशतलाई मधुमेह थियो । जबकि ४ प्रतिशतलाई धूम्रपान को लत थियो, २८ प्रतिशतलाई उच्च कोलेस्ट्रोल र बोसोको समस्या थियो । यस्तै २६ प्रतिशत सहभागीहरूको परिवारमा मुटुको रोग थियो ।
यस्तो छ अध्ययनको परिणाम
अनुसन्धानकर्ता हरूले के पाए भने पुरुषको दाँजोमा महिलाको रक्त नलीको औसत व्यास कम हुन्छ । यद्यपि, बडी सरफेस एरिया अन्तर्गत दुवैको धमनीको व्यास को मापन महत्वपूर्ण हुदैन ।
संसारभरका विशेषज्ञहरू विश्वास गर्छन् कि एसियाली व्यक्ति, विशेष गरी भारतीय हरू लाई धमनीको व्यास कम हुने कारण बोसो जम्मा हुने खतरा बढी हुन्छ । तर यो अध्ययनले भारतीयहरूको धमनी सानो हुदैन भन्ने प्रमाणित गरेको छ । शरीरको सतह क्षेत्र कम भएका कारण उनीहरू लाई कोरोनरी आर्टरी रोगको खतरा हुन्छ ।
प्रतिक्रिया दिनुहोस