कपाल र छाला बाट कसरी हटाउने होलीकाे रङ्ग ?

रङ्गहरूको पर्व होली मा मानिसहरू एक अर्कालाई रङ्ग लगाउ छन् । तर, धेरैजसो अवस्थामा होली खेली सके पछि छाला र कपालबाट रङ्ग हटाउन गाह्रो हुन सक्छ । होलीका रोगहरूमा रासायनिक तत्त्वहरू मिसिएको हुन सक्छ, जसले छाला, कपाल र टाउकोको छालालाई हानी पुर्याउन सक्छ ।
यस्तो अवस्थामा धेरै मानिसहरूलाई प्रश्न उठ्छ कि कपाल र छालाबाट रङ्ग कसरी हटाउने ? त्यसैले, होलीका रङ्गलाई हटाउनका लागि केही टिप्स अपनाउन सकिन्छ । जानौं, कसरी छाला र कपाललाई क्षति नगरी रङ्ग हटाउने ?
छालाबाट कसरी हटाउने होलीका रङ्ग?
प्राकृतिक रङ्गहरूको प्रयोग गर्नुहोस्
होली खेल्दा छाला र कपालको सुरक्षाका लागि रासायनिक तत्व भएको रङ्गको सट्टा प्राकृतिक रङ्गको प्रयोग गर्नु राम्रो हुन्छ । गुलाब फूलको पत्ती, बेसार, चुकन्दर, गोदावरी फूल र सूर्यमुखीबाट बनेका प्राकृतिक रङ्गहरू उपयोग गर्दा छालामा एलर्जी वा कपाललाई हानी पुर्याउने सम्भावना कम हुन्छ।
माइल्ड क्लिन्जरको प्रयोग गर्नुहोस्
होलीका रङ्ग हटाउँदा अनुहारमा जलन हुन नदीन र कपाललाई सुरक्षित राख्न सावधानी अपनाउनु पर्छ। रङ्ग लागेको स्थानलाई हल्का तातो पानी र माइल्ड क्लिन्जरले सफा गर्नुहोस्। यसले रङ्ग हटाउन सहयोग गर्छ। त्यसपछि छालालाई राम्ररी मोइस्चराइज गर्नुहोस् र एसपीएफ ५० भएको सन स्क्रिन लगाउनुहोस्। यदि जलन महसुस भएमा एलोभेरा (घिउकुमारी) जेल लगाउन सकिन्छ, जसले छालालाई हाइड्रेट (ओसिलो) गर्न मद्दत गर्छ।
बेकिङ सोडाको प्रयोग गर्नुहोस्
छालामा रहेको हटाउन गाह्रो दाग वाट मुक्ति पाउन अत्यधिक रगड्ने काम नगर्नुहोस्। यसको सट्टा बेकिङ सोडा र पानीको पेस्ट बनाइ सीमित मात्रामा हल्का स्क्रब गर्नुहोस्। प्रयोग गर्नु अघि छालाको सानो क्षेत्रमा पेस्ट लगाएर टेस्ट गर्नु राम्रो हुन्छ। यदि कुनै प्रतिक्रिया देखिएमा यसको प्रयोग नगर्नुहोस्।
तेलको प्रयोग गर्नुहोस्
छालाबाट रङ्ग हटाउनका लागि नरिवल तेल, जैतुनको तेल वा माइसेलर वाटरको प्रयोग गर्न सकिन्छ। यसले रसायन रहित रूपमा रङ्ग हटाउन मद्दत गर्छ र छालालाई हाइड्रेट गर्दछ।
कपालबाट कसरी हटाउने होलीको रङ्ग?
हल्का स्याम्पु प्रयोग गर्नुहोस्
कपालबाट रङ्ग हटाउन तथा क्षति हुन नदिन हल्का (माइल्ड) क्लिजिङ स्याम्पु प्रयोग गर्नुहोस्। स्याम्पु गरे पछि कन्डिसनर प्रयोग गर्नाले कपाललाई नरम र सुरक्षित राख्न मद्दत गर्छ। रङ्ग हटाउनका लागि ब्लीच वा एसिटोन जस्ता रासायनिक तत्व प्रयोग गर्नबाट बच्नुपर्छ।
कपालमा तेल लगाउनुहोस्
होली खेल्नु अघि र खेली सके पछि कपालको सुरक्षा गर्न मस्तक (स्क्याल्प) मा नरिवल वा जैतुनको तेल लगाउनुहोस्। यसले कपाललाई हाइड्रेट गर्छ र रासायनिक रङ्गको असर कम गर्छ।
सही लुगा लगाउनुस्
रङ्ग वाट जोगिन सही लुगा लगाउनु धेरै महत्वपूर्ण छ । पूरा बाहुला भएको टिसर्ट, कुर्ता र ट्राउजर वा पजामा लगाउनु होस्, ताकि छाला धेरै कम खुला रहोस् । आराम दायी र छालालाई सास फेर्न दिने सुती लुगा लगाउनु होस् । गाढा रङ्गको लुगा लगाउनु होस्, ताकि रङहरू चाँडै न देखियोस् र छालामा कम असर नपरोस् ।
यी कुराहरूमा ध्यान दिनुहोस्
- छाला र कपालबाट रङ्ग हटाउँदा हल्का तातो पानीको प्रयोग गर्नुहोस्, धेरै तातो पानीबाट बच्नु होस्।
- छाला सफा गर्न कठोर साबुन वा कागतीको प्रयोग नगर्नू होस्।
- छालालाई नरम रूपमा सफा गर्नुहोस्, बढी रगड्दा जलन हुन सक्छ ।
- सफाइ पछि छालालाई राम्ररी मोइस्चराइज गर्नुहोस् र सन स्क्रिन लगाउनुहोस्।
यदि होलीका रङ्गमा रसायन मिसिएको छ भने, छालाबाट चाँडै हटाउनु होस् ताकि लामो समय सम्म सम्पर्कमा नरहोस् । यसले डन्डीफोर, एक्जिमा, कपालको चाया र अन्य समस्या हुनबाट जोगाउन सक्छ ।
यी उपायहरू अपनाउँदा तपाई को छाला र कपाल सुरक्षित रहन्छ र होली खेल्दा कुनै समस्या हुँदैन । सुरक्षित र खुसी पूर्वक होली मनाउनुहोस् । नेपाल हेल्थ प्रेस डटकम को तर्फबाट तपाई सबै लाई होलीको शुभकामना । (छाला रोग विशेषज्ञ बाट चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)
प्रतिक्रिया दिनुहोस