बलिवुड ऱ्यापर हनी सिंहले १८ किलो तौल घटाए, ग्रीन जुस मुख्य उपाय


नयाँ दिल्ली (ब्युरो) -बलिउडका चर्चित र्‍यापर तथा गायक हनी सिंह ले आफ्नो तौल घटाउने असाधारण परिवर्तनबाट सबैलाई चकित पारेका छन्। उनले ९५ किलोबाट ७७ किलोसम्म तौल घटाएका छन्, जसले गर्दा उनी फेरि फिट देखिएका छन्।

उनको यो परिवर्तनको मुख्य कारण नियमित फिटनेस रुटिन र स्वस्थ खानपान हो। विशेष गरी एक ग्रीन जुस ले उनको तौल घटाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

के हो हनी सिंहको ग्रीन जुसको रहस्य?

हनी सिंहका ट्रेनर अरुण कुमार का अनुसार यो ग्रीन जुस मेटाबोलिज्म बढाउन र क्यालोरी बर्न गर्न सहयोग गर्छ। खाली पेट पिउँदा, यो शरीरलाई आवश्यक पोषण प्रदान गर्दछ र तौल घटाउने प्रक्रिया छिटो हुन्छ।

ग्रीन जुसमा के समावेश छन्

  • चुकन्दर: रगतको प्रवाह राम्रो बनाउने
  • अमला: पाचन सुधार्ने र बोसो घटाउने
  • खीरा: शरीरलाई हाइड्रेट गर्ने र डिटक्स गर्ने
  • गाजर: पाचन प्रणाली बलियो बनाउने
  • धनियाँ पात: मेटाबोलिज्मलाई तिब्र बनाउने र शरीरबाट टक्सिन हटाउने

किन बढेको थियो हनी सिंहको तौल?

हनी सिंह बाइपोलर डिसअर्डर बाट पीडित थिए। यो रोगको उपचारका क्रममा स्टेरोइड र औषधिहरूको सेवन का कारण उनको तौल तीव्र रूपमा बढेको थियो।

सन २०१४-२०१५ मा हनी सिंह बलिउडबाट टाढिए र झन्डै साढे तीन वर्ष सम्म बाहिर निस्केनन्। तर, उनले स्वस्थ जीवन शैली अपनाउँदै १८ किलो तौल घटाए र पुनः सुगठित शरीर सहित बलिउडमा फर्किएका छन् ।

हनी सिंहको डाइट प्लान

हनी सिंहको डाइट उनको फिटनेस रुटिन अनुसार तयार गरिएको थियो।

  • बिहान: ग्रीन जुससँगै सब्जीको पल्प वा स्मूदी
  • दिउँसो: उमालेको कुखुरा (चिकन) र भात
  • बेलुकी: तरकारीको सुप वा उमालेको कुखुरा
  • राति: हरियो तरकारी वा सुप

तपाईं पनि तौल घटाउन चाहनुहुन्छ?

  • ग्रीन जुसलाई डाइटमा समावेश गर्नुहोस्।
  • प्रोटिन र फाइबरयुक्त खाना खानुहोस्।
  • जंक फुड र चिनीजन्य खानेकुरा कम गर्नुहोस्।
  • नियमित रूपमा ३०-४० मिनेट व्यायाम गर्नुहोस्।

यदि तपाईंले स्वस्थ खानपान र नियमित व्यायाम अपनाउनु भयो भने, हनी सिंहको जस्तै तौल घटाउन सक्नु हुन्छ। यसको लागि सम्भव भए आहार विशेषज्ञ वा चिकित्सकको पनि सल्लाह लिनु आवश्यक हुन्छ। फिट र स्वस्थ जीवन शैलीका लागि ग्रीन जुस लगायत का अन्य स्वस्थकर खानपानलाई आफ्नो दैनिक आहारमा समावेश गर्नुहोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!