४० को उमेरमा २० जस्तै देखिन, कोलेजन युक्त खाद्य पदार्थ


उमेर बढ्दै जाँदा छालामा चाउरीपन आउनु र कसिलो पन गुमाउनु स्वाभाविक हो, विशेष गरी ४० वर्ष पछि । यसको मुख्य कारण कोलेजन (Collagen) को कमीहो।

कोलेजन एक महत्वपूर्ण प्रोटिन हो जसले छालालाई बलियो, चम्किलो र युवा बनाइ राख्न मद्दत गर्छ । यदि तपाई को आहारमा कोलेजन पर्याप्त छैन भने, समय अगावै बुढ्यौलीका लक्षणहरू देखिन थाल्छन् । त्यसैले, छालालाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि कोलेजन युक्त खाद्य पदार्थहरू दैनिक आहारमा समावेश गर्नु आवश्यक छ । कोलेजन वृद्धि गर्ने केही प्रमुख खाद्य पदार्थहरूबारे जानौं ।

बदाम

बदाममा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइन्छ । जसले कोलेजन उत्पादन बढाउने काम गर्छ । यसले छालालाई स्वस्थ र चम्किलो राख्न सहयोग गर्छ।

एभोकाडो

एभोकाडोमा भिटामिन सी र ई प्रशस्त मात्रामा पाइन्छ, जसले कोलेजन उत्पादनलाई प्रवर्द्धन गर्छ । यसले छालालाई चम्किलो बनाउने साथै सुन्याइ म गर्न पनि मद्दत गर्छ ।

सिट्रस फलहरू

सुन्तला, कागती, मोसम्बी तथा अन्य सिट्रस फलहरूमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई अक्सिडेटिभ तनाव बाट बचाउँछ र बुढ्यौली रोक्न मद्दत गर्छ ।

माछा

सालमन, टुना र म्याकरल जस्ता माछाहरूमा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जसले छालामा नमी कायम राख्ने र कोलेजन उत्पादन बढाउने काम गर्छ।

दही

दही सेवन गर्दा छालाको चाउरीपन कम हुन्छ र छाला स्वस्थ एवं चम्किलो रहन्छ । यसमा भएको भिटामिन बी १२ र डी छालाका समस्याहरू समाधान गर्न मद्दत गर्छ ।

अण्डा

अण्डामा लुटिन र जिएक्सान्थिन जस्ता क्यारोटिनोइड्स पाइन्छन् । जसले छालालाई पोषण दिने र चाउरीपन घटाउन सहयोग गर्छ।

यदि तपाई आफ्नो छालालाई लामो समय सम्म युवा राख्न चाहनु हुन्छ भने, यी कोलेजन युक्त खाद्य पदार्थहरूलाई आफ्नो आहारमा समावेश गर्नुहोस् । यसले तपाई को छालालाई स्वस्थ, चम्किलो र बलियो राख्न मद्दत गर्छ । (विज्ञ द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!