ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोमः के पालर्रमा कपाल धुनाले स्ट्रोकको खतरा बढछ?
आजकाल कपालको हेरचाहका लागि ब्युटी पार्लर जानु सामान्य भएको छ । स्याम्पु र हेयर ट्रिटमेन्ट गर्नु मात्र आनन्द दायक अनुभव नभई हाम्रो दैनिकीको हिस्सा समेत बनेको छ । तर, के तपाई लाई थाहा छ कि ब्युटी पार्लरमा हेयर वासको क्रममा गर्दन र टाउकोको स्थिति तपाई को स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छ ? यो समस्यालाई ‘ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोम’ (Beauty Parlor Stroke Syndrom, BPSS) भनिन्छ ।
ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोम भनेको के हो ?
यो अवस्था तब देखिन्छ जब ब्युटी पार्लरमा कपाल धुँदा गर्दन र टाउकोलाई गलत तरिकाले राखिन्छ । सामान्यतया सैलुनमा बैकवाश बेसिनमा टाउको झुकाएर कपाल धुने गरिन्छ ।
यस क्रममा गर्दन र टाउकोलाई एउटा विशेष कोणमा राखिन्छ, जसले मस्तिष्कमा रक्त प्रवाह पुर्याउने धमनीहरूलाई थिच्न सक्छ । यसले रक्त प्रवाहमा अवरोध गराउन सक्छ र स्ट्रोकको खतरा बढ्न सक्छ ।
सन् १९९३ मा, अमेरिकी न्युरोलोजिस्ट ‘माइकल वेन्ट्रब’ले यो समस्याको पहिचान गरे । उनले बताए कि वाश बेसिनको छेउमा गर्दन लामो समय सम्म झुकाएर राख्दा वा तान्दा रक्त प्रवाहमा अवरोध हुन सक्छ, जसले स्ट्रोकको जोखिम बढाउन सक्छ ।
‘ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोम’का लक्षणहरू
बीपीएसएसको पहिचान गर्न गाह्रो हुन सक्छ, किनकी यसको लक्षणहरू अन्य समस्याहरू सँग मिल्न सक्छन् । तर यदि तपाई ले हाल सालै हेयर वास गर्नु भएको छ र तलका लक्षणहरू देखिएका छन् भने सतर्क हुनुहोस् ।
- टाउको दुखाइ वा चक्कर लाग्ने ।
- धमिलो दृष्टि ।
- वाकवाकी वा बान्ता ।
- गर्दन दुखाइ ।
- शरीरको कुनै एक भागमा कमजोरी वा पक्षाघात ।
- बेहोसी वा कमजोर महसुस हुनु ।
कसलाई बढी खतरा छ ?
बीपीएसएसको जोखिम ती व्यक्तिहरूमा बढी हुन्छ जो … …
- ५० वर्ष वा सो भन्दा बढी उमेरका छन् ।
- पहिले नै रक्त वाहिनी सम्बन्धी समस्या बाट ग्रस्त छन् ।
- मेरुदण्ड सँग सम्बन्धित रोग भएका हरु ।
त्यसैगरी, जसको रक्त वाहिनी कमजोर छन् वा जसलाई ब्लकेजको समस्या छ, उनीहरू पनि उच्च जोखिममा हुन्छन्।
ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोमबाट कसरी जोगिने ?
ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोमबाट जोगिन का लागि निम्न उपायहरू अपनाउन सकिन्छः
- गर्दनलाई सहारा दिनुहोस् : कपाल धुँदा गर्दनलाई पछाडि झुकाउने सट्टा राम्रो सँग सहारा दिनुहोस् ।
- हल्का दबाबको प्रयोग गर्नुहोस्ः स्याम्पु गर्ने क्रममा गर्दन र टाउकोमा धेरै दबाब नदिनुहोस्।
- समयको सीमा राख्नुहोस : कपाल धुने क्रममा धेरै समय नलिनु होस् ।
- आराम दायक स्थिति अपनाउनु होसः कपाल धुने अघि सुनिश्चित गर्नुहोस् कि बैक वास बेसिनको उचाइ र कोण सही छ ।
- लक्षणलाई बेवास्ता नगर्नुसः यदि हेयर वासपछि कुनै असामान्य लक्षण देखिए, तुरुन्तै डाक्टर सँग परामर्श गर्नुहोस्।
अनुसन्धान के भन्छ ?
डा. माइकल वेन्ट्रबको अनुसन्धानका अनुसार, कपाल धुने क्रममा प्रयोग गरिने बैकवाश बेसिनमा गर्दनलाई गलत कोणमा राख्दा स्ट्रोकको जोखिम बढ्न सक्छ । यो विशेष गरी त्यति बेला हुन्छ जब गर्दन लामो समय सम्म झुकेको हुन्छ । यस्तो अवस्थामा मस्तिष्कमा रक्त प्रवाह अचानक कम हुन सक्छ, जसले स्ट्रोकको जोखिम लाई बढाउन सक्छ ।
हलुको रुपमा नलिउ
ब्युटी पार्लर स्ट्रोक सिन्ड्रोमलाई हल्का रूपमा नलिनु होस् । यो समस्या दुर्लभ हुन सक्छ । तर यदि सही सावधानी अपनाइएन भने यो घातक साबित हुन सक्छ ।
सैलून जाने क्रममा आफ्नो सुरक्षामा ध्यान दिनुहोस् र आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् । यदि तपाई यस विषयमा सचेत हुनुहुन्छ भने, तपाई आफैँलाई र अरूलाई पनि यो समस्याबाट बचाउन सक्नु हुन्छ । (विज्ञ चिकित्सक द्वारा चिकित्सा समीक्षा गरिएको, नेपालहेल्थप्रेस स्वास्थ्य जनचेतना डेस्कबाट निर्मित स्वास्थ्य सामाग्री)
प्रतिक्रिया दिनुहोस