‘कपाल, टाउकोको लागि अत्यन्त राम्रो नरिवल तेल’


नेपालमा सहजै र सस्तो रूपमा उपलब्ध नरिवलको तेल छाला र कपालको लागि धेरै लाभदायक छ । यसको गुणहरूमा मोइस्चराइजिङ र एन्टि माइक्रोवियल गुणहरू समावेश छन् । जसले छालालाई ओसिलो राख्न मद्दत गर्दछ र चाउरी पर्नबाट जोगाउँछ । छालालाई नरम र चिल्लो बनाउनको लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

नरिवल वाट पाइने यो तेल हाम्रो छिमेकी भारतको दक्षिण तटहरूमा व्यापक रूपमा पाइनुको साथै जिउ कपालमा लगाउन मात्र नभइ खान समेत अत्यधिक उपयोग गरिन्छ । नरिवल तेल नेपाल, भारत मात्र नभए श्रीलङका, इन्डोनेसिया, मलेसिया, अस्ट्रेलिया दक्षिण अमेरिकामा धेरै बढी लोकप्रिय छ ।

नरिवल तेलमा सन्तृप्त फ्याटी एसिड हरू हुन्छ भने यो ‘मिडियम चेन फ्याटी एसिड’ले सबै भन्दा बढी परिपूर्ण हुन्छ । यसमा भएको मुख्य फ्याटी एसिडमा माइरिस्टिक एसिड, क्याप्रिक एसिड, लौरिक एसिड,र मोनोलारिन आदि हुन । यसमा फेनोलिक एसिड र टोकोफेरोल जस्ता एन्टि अक्सिडेन्ट समेत हुन्छ ।

नरिवल तेलको टाउको र कपालमा विभिन्न प्रभावहरू पर्ने दाबी गरिन्छ । यस अन्तर्गत साबुन स्याम्पु बनाउने प्रकृयाको लागि समेत प्रयोग हुने यो तेल राम्रो माध्यम हो ।

यो तेलमा एन्टिब्याक्टेरियल गतिविधि समेत हुन्छ । तेलमा पाइने मोनोलाउरिन को जीवाणुरोधी एजेन्टको रूपमा प्रभावकारिता देखिएको छ । यसले विभिन्न ब्याक्टेरियाको लिपिड झिल्ली लाई विघटन गरेर काम गर्छ । मोनालाउरिनले एन्टि फंगल गतिविधि समेत प्रदर्शन गर्छ ।

नरिवल तेलमा नरम पार्ने गुण अर्थात् मृदु कारी समेत देखिएको छ । नरिवल तेलले कपालमा कोटिंग बनाउँछ । जसले गर्दा क्युटिकल लाई ‘सील’ गरेर भित्रको नमिलाइ जोगाएर राख्छ ।

यो चिल्लो पदार्थको रूपमा समेत काम गर्छ । यसले कपालको त्यान्द्रो हर बीच बढ्दो चिप्लाइ (स्लिप) कायम राख्छ । यही चिप्लाइको अभावमा कपाल झर्छ । यो चिल्लोले छालाको सतहलाई चिल्लो र समतल बनाउँछ जसले गर्दा कपालको त्यान्द्रोहरूको स्वास्थ्य र उपस्थितिमा सुधार हुन्छ ।

नरिवल तेलको कम आणविक तौल र सिधा रैखिक श्रृङ्खला ले गर्दा यो कपालको साफ्ट भित्र छेडेर जान सक्षम छ । जसले गर्दा कपाल वाट प्रोटिनको हानिलाई जोगाउँछ । यही कारणहरूले गर्दा नरिवल तेल विश्वको धेरै भागमा कपाल/टाउकोमा प्रयोगको लागि व्यापक स्वीकार्यता पाएको छ ।

नरिवलको तेलको प्रयोग छालाको लागि धेरै फाइदा जनक भए पनि यसको अत्यधिक प्रयोग हानिकारक पनि हुन सक्छ । यसैले नरिवल तेल उपयोग गर्दा सावधान अपनाउनु को साथै छालाको आवश्यकता अनुसार नरिवलको तेल प्रयोग गर्नु पर्छ ।

एक्ने समस्या– यदि तपाइले नरिवलको तेललाई रातभर धेरै लगाउनुभयो भने, यसले डन्डीफोर को समस्या बढाउन सक्छ । केही समयको लागि नरिवलको तेल लगाउनाले डन्डीफोरको समस्याबाट राहत पाउन सकिन्छ ।

एलर्जी– केही मानिसहरूलाई नरिवलको तेलबाट एलर्जी हुन सक्छ । यदि तपाई लाई चिलाउने, रातो दाग वा छालामा जलन हुन्छ भने तेल प्रयोग गर्न बन्द गर्नु पर्छ ।

तैलीय छाला– यदि तपाइको छाला तैलीय छ भने, धेरै मात्रामा नरिवलको तेल प्रयोग नगर्नुहोस् । (डा. कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!