राति अण्डरवियर लगाएर सुत्नु ठीक कि बेठिक? पुरुषहरूका लागि फर्टिलिटीमा कस्तो प्रभाव पर्छ?
पुरुषहरूले राति सुत्ने बानी बनाउँदा प्रायः यो सोच्दैनन् कि अण्डरवियर लगाएर सुत्नु उचित हो कि होइन। तर स्वास्थ्य विशेषज्ञहरूका अनुसार, यो सानो कुराले पनि मेल फर्टिलिटी (पौरुष प्रजनन क्षमता) मा गम्भीर असर पार्न सक्छ।
भारतका अर्थोपेडीक सर्जन र स्पोर्ट्स डाक्टर डा. मनन वोहराले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै यस विषयमा जानकारी दिएका छन्। उनले भने, “राति सुत्ने बेला अण्डरवियर नलगाउनुहोस्। म डाक्टर हुँ, र म यो कुरा स्पष्ट गर्न चाहन्छु।”
उनका अनुसार, पुरुषहरूको शुक्राणु उत्पादन प्राकृतिक रूपमा शरीरको तापक्रम भन्दा अलिकति चिसो वातावरणमा हुने गर्छ। यही कारण अण्डकोष शरीरको अन्य भाग भन्दा अलि कति बाहिर झुन्डिएको हुन्छ।यदि राति अण्डरवियर लगाइयो भने, अण्डकोषको तापक्रम बढ्न सक्छ, जसले शुक्राणु उत्पादनमा अवरोध पुर्याउन सक्छ।
अण्डरवियर नलगाउँदा हुने फाइदाहरू:
- शुक्राणु उत्पादनको प्राकृतिक प्रक्रिया सहज हुन्छ।
- जनन अंगमा अत्यधिक चाप पर्न पाउँदैन, जसले रगत प्रवाह राम्रो बनाउँछ।
- असहजता, सुन्निनेजस्ता समस्याबाट जोगिन मद्दत गर्छ।
सही निर्णय लिन पुरुषहरूलाई सुझाव
डा. वोहराका अनुसार, पुरुषहरूले “कमान्डो मोड” (बिना अण्डरवियर) वा फ्री-फिटिङ्ग बक्सर छनोट गर्न सक्छन्। उनले यो महत्वपूर्ण जानकारी आफ्ना नजिकका पुरुष साथी, प्रेमी, श्रीमान्, पिता तथा दाजु भाइहरू सँग बाँड्न अनुरोध गरेका छन्।
फर्टिलिटीमा असर
यदि पुरुष फर्टिलिटी सही रूपमा कायम राख्न चाहन्छन् भने, शुक्राणु उत्पादन स्वस्थ रूपमा भइरहनु जरुरी छ। यसमा अवरोध आयो भने, भविष्यमा सन्तान उत्पन्न गर्न कठिनाइ हुन सक्छ। त्यसैले, राति सुत्दा अण्डर वियर लगाउने बानी बारे पुनर्विचार गर्नु आवश्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस