‘डब्लुएचओ भन्छ : प्रत्येक सेकेन्ड १ जना लाई यौनाङ्गको नयाँ हर्पीस सङ्क्रमण, १५ देखि ४९ वर्ष का ८४ करोड ६० लाख व्यक्ति सङ्क्रमित’


काठमाडौं–विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधवार विश्वमा १५ देखि ४९ वर्ष उमेर समूहका लगभग ८४ करोड ६० लाख मानिसहरू यौनाङ्ग (Gential) सम्बन्धी हर्पीस (herpes) सङ्क्रमणको साथ जीवन बिताइरहेको जनाएको छ । अर्थात् यो उमेर समूहमा विश्वव्यापी रूपमा ५ मध्ये १ जना भन्दा बढी मानिसहरू यसको शिकार रहेको डब्लुएचओले एउटा नयाँ अनुमान लाई औँल्याउँदै बताएको हो ।

अनुमान अनुसार प्रत्येक सेकेन्डमा कम्तीमा १ जना गरी वार्षिक ४ करोड २० लाख मानिसहरूमा नयाँ यौनाङ्ग हर्पीस  सङ्क्रमण हुने गर्छ ।

धेरै जसो अवस्थामा, यी संत्रमणहरूले कुनै लक्षण उत्पन्न गर्दैन वा थोरै लक्षणहरू उत्पन्न गर्छन् । तथापि, केही व्यक्तिहरूमा यसले पीडा दायक यौनाङ्ग घाउ र फोकाहरू निम्त्याउँछ र जीवन भरि दोहोरिने सम्भावना हुन्छ । जसले गर्दा ती व्यक्ति हरूमा असुविधा निम्त्याउँछ र बारम्बार स्वास्थ्य सेवाको आवश्यकता पर्छ । अनुमान अनुसार, सन २०२० मा १५ देखि ४९ वर्ष उमेर समूहका २० करोड भन्दा बढी मानिसहरूले कम्तीमा एक पटक त्यस्ता लक्षण भएका घटनाहरू अनुभव गरेका थिए ।

‘सेक्सुअली ट्र्रान्समिटेड इन्फेक्सन’, जर्नलमा प्रकाशित अध्ययनका लेखकहरू भन्छन् कि हर्पीस भाइरसको प्रतिकूल स्वास्थ्य प्रभावहरू कम गर्न र यसको प्रसारलाई नियन्त्रण गर्न नयाँ उपचार र खोपहरू आवश्यकछ।

‘धेरैजसो यौनाङ्ग हर्पीस सङ्क्रमण भएका व्यक्तिहरू थोरै लक्षणहरू अनुभव गर्छन्, तर यस्ता धेरै संक्रमणहरूका कारण यौनाङ्ग हर्पीसले विश्व भरि लाखौँ मानिसहरूलाई पीडा र तनाव दिन्छ र पहिले नै रोगको भार झेलिरहेको स्वास्थ्य प्रणालीमा थप भार पर्छ’, डब्लुएचओ का ग्लोबल एचआइभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रमका निर्देशक डा. मेग डोहर्टी भन्छन–‘ यौनाङ्गको हर्पीस प्रसारणलाई कम गर्न राम्रो रोकथाम र उपचार विकल्पहरू तुरुन्त आवश्यक छ र यसले एचआइभी को प्रसारणलाई पनि कम गर्छ ।’

वर्तमानमा, हर्पीसको कुनै उपचार छैन । यद्यपि उपचारहरूले लक्षणहरू कम गर्न सक्छन् । घाउहरूको अतिरिक्त, यौनाङ्ग हर्पीसले कहिले कहीँ गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जस मध्ये नवजात हर्पीस, एक दुर्लभ अवस्था हो, जुन सामान्यतया त्यति बेला देखा पर्छ जब आमा पहिलो पटक गर्भावस्थाको अन्तिम समयमा सङ्क्रमण पाउँछिन् र जन्मका क्रममा बच्चालाई भाइरस सार्छिन् ।

हर्पीस सिम्प्लेक्स भाइरस (एचएसभी) का दुई प्रकारहरू छन्, एचएसभी–१ र एचएसभी–२, यो दुबै भाइरस यौनाङ्ग हर्पीसको कारण बन्न सक्छ ।

अनुमान अनुसार, सन २०२० मा ५२ करोड मानिसहरू लाई यौनाङ्ग को एचएसझी–२ सङ्क्रमण थियो, जो यौन क्रियाकलापका क्रममा सर्छ ।

सार्वजनिक स्वास्थ्य दृष्टिकोणले, जननांगको एचएसभी–२ गम्भीर छ किनकी यसले बारम्बार हुने प्रकोपहरू निम्त्याउँछ । यति मात्र नभइ यो लगभग ९० प्रतिशत लक्षणीय घटनाहरुका लागि जिम्मेवार छ र एचआइभी सङ्क्रमण हुने जोखिम लाई तीन गुणा बढाउँछ । एचएसभी–२ भन्दा फरक, एचएसभी–१ सामान्यतया बाल्य कालमा र्‍र्‍याल वा छालाको सम्पर्क वाट फैलिन्छ र ओरल हर्पीसको कारण बन्छ । केहीमा, एचएसभी–१ यौन सम्पर्कको माध्यमबाट सर्छ ।

सन २०२० मा ३७ करोड ६० लाख मानिसहरूसँग यौनाङ्ग को एचएसभी–१ सङ्क्रमण भएको अनुमान गरिएको छ । यसमा, ५ करोड लाई एचएसभी–२ पनि भएको अनुमान गरिएको छ किनकी दुबै प्रकारहरू एक साथ पनि हुन सक्छ।

हर्पीस सर्ने जोखिम कम गर्न कन्डमको सही र लगातार प्रयोग गर्न सुझाव दिइएको छ । यसका साथै सक्रिय लक्षण भएका व्यक्तिहरूलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह समेत दिइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!