काठमाडौं – नेपाल दृष्टि विशेषज्ञ संघले सरकारी सेवामा आफ्नो प्रवेश सुनिश्चित गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। संघका अध्यक्ष निरज देव जोशीसहित संघमा आबद्ध १७०० भन्दा बढी दृष्टि विशेषज्ञहरू कानुनी अस्पष्टताका कारण सरकारी सेवाबाट बञ्चित भएको भन्दै स्वास्थ्य सेवा नियमावलीमा आवश्यक संशोधनको माग गरेका छन्। संघले गत बुधवार दर्ता गरेको रिट […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं — ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’, भन्ने आदर्श वाक्यका साथ मङ्गलवार देश भर दशौं राष्ट्रिय योग दिवस मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै योगको महत्व र नेपालको गौरवशाली इतिहासमा यसको भूमिका बारे प्रकाश पारेका छन् । प्रधानमन्त्री ओलीले योगलाई ‘नेपालको ज्ञान भूमि र ध्यान भूमिको उपज,’ […]