अनुसन्धान
चिल्लो र चिनीयुक्त भोजनले बौद्धिक क्षमतामा पार्न सक्छ असर

एक महत्त्वपूर्ण अनुसन्धानले देखाएको छ कि अत्यधिक चिल्लो (फ्याट) र चिनीयुक्त आहारले मानिसको बौद्धिक क्षमतामा नकारात्मक असर पार्न सक्छ। यो अध्ययन इन्टरनेशनल जर्नल अफ ओबेसिटी मा प्रकाशित भएको हो।
अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले उच्च चिल्लो र चिनी युक्त (एचएफएचएस) भोजन र स्पेशियल नेभिगेसन बीचको सम्बन्ध बारे अध्ययन गरेका थिए।
स्पेशियल नेभिगेसन भन्नाले कुनै स्थानबाट अर्को स्थान सम्मको बाटो सिक्ने र सम्झिने क्षमतालाई जनाउँछ। यो प्रक्रिया मस्तिष्कको ‘हिप्पोक्याम्पस’ भन्ने भागको स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको हुन्छ।
अनुसन्धानमा संलग्न डा. डोमिनिक ट्रानका अनुसार, यस्तो प्रकारको आहारले बौद्धिक कार्यका केही पक्षहरूमा खास गरी नकारात्मक असर पार्ने देखिएको छ। यो प्रभाव विशेष गरेर बालबालिकाको मस्तिष्कमा बढी देखा पर्ने सम्भावना रहेको र यी असरहरू सम्पूर्ण मस्तिष्कमा नभई विशेषगरी हिप्पोक्याम्पसमा केन्द्रित हुने बताएका छन्।
हिप्पोक्याम्पस स्मृति निर्माण र स्थान–सम्बन्धी जानकारी प्रक्रियाकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
डा. ट्रान भन्छन्, ‘सकारात्मक कुरा के छ भने, यो अवस्था सुधार गर्न सकिने खालको हो। भोजनमा परिवर्तन ल्याउँदा हिप्पोक्याम्पसको स्वास्थ्यमा सुधार आउन सक्छ, जसले हाम्रो वरपरको वातावरण बुझ्ने क्षमतामा पनि सुधार ल्याउन सक्छ।’
उक्त अध्ययनमा १८ देखि ३८ वर्ष उमेर समूहका ५५ जना विश्वविद्यालयका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो।
प्रतिक्रिया दिनुहोस