अनुसन्धान

उच्च रक्तचापलाई सन्तुलित राख्न चाहनु हुन्छ भने केरा र ब्रोकाउली खानुहोस


आजकाल उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) को समस्या सामान्य जस्तै देखिन्छ। एक अध्ययनले यो सन्तुलनमा राख्नको लागि निकै सजिलो उपाय फेला पारेको छ। सो अध्ययन अनुसार पोटासियमको मात्रा धेरै भएको केरा र ब्रोकाउलीले उच्च रक्तचाप नियन्त्रणमा राख्न धेरै सहयोग पुर्‍याउँछ।

क्यानडाको वाटरलु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार आहारमा पोटासियम र सोडियमको अनुपात बढाउनु, केवल सोडियमको सेवन घटाउनुभन्दा रक्तचाप नियन्त्रणका लागि अझ प्रभावकारी हुन सक्छ। यो अनुसन्धान ‘अमेरिकन जर्नल अफ फिजियोलोजी- रीनल फिजियोलोजी’ मा प्रकाशित भएको छ।

प्रोफेसर अनिता लेटनका अनुसार, सामान्यतया उच्च रक्तचाप भएका व्यक्तिहरूलाई कम नुन सेवन गर्न सल्लाह दिइन्छ। तर यो अध्ययनले देखाएको छ कि पोटासियम युक्त खाना, जस्तै केरा वा ब्रोकाउली, सेवन गर्दा सोडियम घटाउँदा भन्दा अझ सकारात्मक प्रभाव रक्तचापमा पर्न सक्छ।

पोटासियम र सोडियम दुवै इलेक्ट्रोलाइट हुन्, जसले मांसपेशीलाई संकुचित गर्न आवश्यक विद्युतीय संकेत पठाउन सहयोग गर्छन्।

त्यसै गरी, अर्की अनुसन्धानकर्ता मेलिसा स्ट्यान्डका अनुसार, आजको पश्चिमेली आहारमा सोडियमको मात्रा धेरै र पोटासियमको मात्रा निकै कम हुन्छ। सम्भवतः यही कारणले उच्च रक्तचाप मुख्यतया विकसित क्षेत्रहरूमा बढी देखिन्छ, पिछडिएका समुदायमा होइन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!