अनुसन्धान

अत्यधिक मोटोपनले बढाउँछ १६ प्रकारका रोगहरूको जोखिम


मोटोपनले शारीरिक बनावटलाई मात्र असर पार्दैन, अत्यधिक मोटोपनले गम्भीर स्वास्थ्य समस्या समेत निम्त्याउन सक्छ। ‘एनईजेएम एभिडेन्स’ पत्रिकामा प्रकाशित एक अध्ययन अनुसार अत्यधिक मोटोपन भएका व्यक्तिहरूमा १६ प्रकारका सामान्य स्वास्थ्य समस्याहरू को जोखिम उच्च हुने देखिएको छ।

यी समस्याहरूमा सुत्दा खेरी सास फेर्न गाह्रो हुने (स्लीप एपनिया), टाइप २ मधुमेह, कलेजो सम्बन्धी रोगहरू प्रमुख छन्। जब कसैको बड़ी  मास इन्डेक्स (बीएमआई) ४० वा सो भन्दा माथि पुग्छ, त्यसलाई गम्भीर मोटोपन वा क्लास ३ मोटोपन भनिन्छ । जुन स्वास्थ्यका लागि अत्यन्तै खतरनाक मानिन्छ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि मोटोपन बढ्दै जाँदा यी सबै १६ रोगहरूको सम्भावना पनि क्रमशः बढ्दै जान्छ।

यो निष्कर्ष २ लाख ७० हजार ६ सय ५७ व्यक्तिहरूको तथ्यांकको अध्ययन पछि आएको हो । अध्ययनमा मोटोपन लाई तीन श्रेणीमा विभाजन गरिएको थियो । श्रेणी १ मा २१.२ प्रतिशत, श्रेणी २ मा ११.३ प्रतिशत र श्रेणी ३ मा ९.८ प्रतिशत सहभागीहरू थिए।

ती १६ रोगहरूमा उच्च रक्तचाप, टाइप २ मधुमेह, रगतमा बोसोको मात्रा बढ्ने (हाइपरलिपिडिमिया), मुटुको दुर्बलता, मुटुको धड्कनमा अनियमितता, एथेरोस्क्लेरोटिक मुटुरोग, दीर्घकालीन मिर्गौला रोग, पल्मोनरी एम्बोलिज्म, रगतका नशामा थक्का जम्ने, गाउट, बोसो युक्त कलेजो, पित्त थैलीमा ढुंगा, स्लीप एपनिया, दम, पेटमा जलन र हड्डी तथा जोर्नी सम्बन्धी रोगहरू समावेश छन्।

अनुसन्धानमा मोटोपन यी सबै रोगहरू सँग गहिरो सम्बन्ध भएको पाइयो र मोटोपनको उच्च स्तरमा जोखिम क्रमशः बढ्दै गइरहेको देखियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!