अनुसन्धान

महिलाहरूलाई मुटु रोगको बढी खतरा, खराब जीवनशैलीको प्रभाव पुरुष को दाजोमा धेरै बढी


हालै अमेरिकन कलेज अफ कार्डियोलोजीको वार्षिक विज्ञान सम्मेलनमा चर्चा गरिएको नयाँ अनुसन्धानले महिलाहरूमा पुरुषको दाजोमा मुटुरोग र हर्ट अट्याकको घटना अढाई प्रतिशत बढी देखिने  तथ्य बाहिर ल्याएको छ।

अध्ययनले खराब जीवन शैलीको प्रभाव महिलाहरूमा पुरुषको दाजो छिटो र गहिरो रूपमा पर्ने देखाएको छ।

यस अध्ययनमा क्यानडाका करिब १ लाख ७५ हजार वयस्क महिलाहरू सहभागी भएका थिए। ओन्टेरियो हेल्थ स्टडीद्वारा २००९ मा सुरू गरिएको यस अनुसन्धानमा महिलाहरूमा पुरुषहरूको तुलनामा मुटु रोग र हृदयाघातको घटना २.५ प्रतिशत बढी देखिएको छ।

अनुसन्धान अनुसार, यदि महिलाहरू पुरुष सरह नै धूम्रपान गर्छन्, असन्तुलित खानपान अपनाउँछन्, पर्याप्त निद्रा लिँदैनन् र तनावग्रस्त रहन्छन् भने उनीहरूलाई मुटुको रोग लाग्ने सम्भावना पाँच गुणा बढ्नेछ।

यस अध्ययनमा सहभागी डा. पामेला एन्डूजका अनुसार महिलाहरूको शारीरिक संरचना पुरुषहरू भन्दा फरक हुन्छ, जसले गर्दा उनीहरूको शरीरका अवयवहरू फरक तरिकाले काम गर्छन्। यही कारणले गर्दा खराब जीवनशैलीको प्रभाव महिलाहरूमा छिटो र गहिरो रूपमा पर्छ।

चिन्ताजनक रूपमा, विगत दुई दशकमा महिलाहरूमा कार्डियोभास्कुलर रोगको घटनामा ४३ प्रतिशतको वृद्धि देखिएको छ। विशेषज्ञहरूका अनुसार महिलाहरूले आफ्नो मुटुको स्वास्थ्य कायम राख्न सन्तुलित जीवनशैली अपनाउनुपर्छ, स्वस्थ खानपान लिनुपर्छ र तनावबाट टाढा रहनुपर्छ।

विशेषज्ञहरूका सल्लाह अनुसार महिलाहरूले नियमित व्यायाम गर्नुपर्छ, सन्तुलित आहार लिनुपर्छ र पर्याप्त निद्रा लिनुपर्छ। साथै, धूम्रपान र अत्यधिक तनावबाट बच्न पनि सुझाव दिइएको छ। मुटु रोगबाट बच्न समय-समयमा स्वास्थ्य परीक्षण गराउन पनि आवश्यक छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!