अनुसन्धान

उच्च सोडियम मोटोपन बढ्ने प्रमुख जोखिम कारकः अध्ययन

सोडियम (नुन) सेवन र मोटो पन बीच बलियो सम्बन्ध देखिएकाे छ, माेटाे पन बढनमा चिप्स, प्रशोधित मासुका उत्पादनहरू, रोटी, डेरी उत्पादनहरू (विशेष गरी चीज) मा पाइने सोडियम पनि महत्वपुर्ण जोखिम कारक हुन सक्छ


चिनी भएका खाद्य र पेय पदार्थलाई विश्वव्यापी मोटोपन दर बढ्नको लागि बढी दोष दिइए पनि एक नया अध्ययनले चिप्स, प्रशोधित मासुका उत्पादनहरू, ब्रेड, डेरी उत्पादनहरू (विशेष गरी चीज) मा पाइने सोडियम पनि महत्वपुर्ण जोखिम कारक हुन सक्ने सुझाव दिएको छ ।

युरोपियन कंग्रेस अन ओबेसिटी (इको २०२५) मा प्रस्तुत गरिएको यो अनुसन्धानले सोडियम सेवन र मोटो पन (कुल शारीरिक बोसो र पेटको बोसो) बीचको चिन्ता जनक सम्बन्धलाई उजागर गरेको छ ।

फिनल्यान्डको फिनिस इन्स्टिच्युट फर हेल्थ एण्ड वेलफेयरका अनुसन्धान कर्ताहरूको नेतृत्वमा गरिएको यो अध्ययनमा १८ वर्ष र सोभन्दा बढी उमेरका ५ हजार भन्दा बढी पुरुष र महिलाहरूको तथ्यांक विश्लेषण गरिएको थियो । उनीहरूको सोडियम सेवन र पिसाबमा रहेको सोडियमको सान्दर्भिकता मोटो पनको स्थिति सँग तुलना गरिएको थियो ।

विशेष रूपमा, सबै सहभागीहरूले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा निर्धारित दैनिक ५ ग्राम वा सो भन्दा कम सोडियम सेवनको सिफारिस भन्दा बढी सोडियम सेवन गरिरहेको पाइएको थियो ।

विश्लेषणले उच्च आहार सोडियम सेवन र समग्र तथा पेटको मोटो पन बीच बलियो सम्बन्ध देखाएको थियो, विशेष गरी महिलाहरूमा । उच्च सोडियम र मोटो पन दुबै उच्च रक्तचाप, मुटु रोग, मधुमेह र क्यान्सरका ज्ञात जोखिमको  कारकहरू हुन ।

उच्चतम सोडियम सेवन गर्ने समूहका सहभागीहरू समग्र रूपमा मोटो पनका लागि ४.३ गुणा बढी सम्भावित थिए । जबकी उनीहरूमा पेटको मोटो पन हुने सम्भावना ३.४ गुणा बढी थियो ।

पुरुषहरूको हकमा, पिसाबमा उच्चतम सोडियम सान्द्रता भएका पुरुषहरू सामान्य मोटो पन अनुभव गर्ने सम्भावना ६ गुणा बढी थिए भने पेटको मोटो पन हुने सम्भावना ४.७ गुणा बढी थियो ।

फिनिस इन्स्टिच्युटकी अनुसन्धान कर्ता एनिका सान्तालाहृतीको अनुसार सामान्यतया, पुरुषहरूले बढी खाना उपभोग गर्छन्, जसमा मुख्य रूपमा सोडियम युक्त मासुका उत्पादनहरू, रोटी, बेकरी सामानहरू र चीज समावेश छन् ।

एनिका अगाडी थप्छिन्–‘हाम्रो विश्लेषण कुल ऊर्जा सेवनको लागि समायोजित गरिएको थियो, त्यसैले पुरुषहरूमा देखिएको बलियो सम्बन्ध उच्च नुन सेवनको कारण हुन सक्छ । यद्यपि सम्बन्धको परिमाण जेसुकै भए पनि, पुरुष र महिलाहरू दुवैमा समान दिशामा सम्बन्ध देखिएको छ ।’

यी परिणामहरूले सोडियम सेवन र मोटो पन बीचको सम्बन्धलाई अझ बलियो बनाउँछन्, जुन आहारबाट लिइएको सोडियम र पिसाबको सोडियम सांन्द्रताका लागि समान रूपमा देखिएको जनाउँदै उनले यस सम्बन्धको जैविक संयन्त्रको बारेमा अझ बढी बुझ्न आवश्यक रहेको बताइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!