मलाई मधुमेह हुनै सक्दैन नठान्नुस्, नत्र म जस्तै समस्या भोग्नु पर्लाः स्वास्थ्य सचिव डा. रोशन पोखरेल’


काठमाडौं – ‘मलाई मधुमेह हुनै सक्दैन’ यस्तै सोच राख्नेहरूका लागि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलको अनुभव एउटा चेतावनी साबित हुन सक्छ ।

आफू एमडी डाक्टर हु, परिवारमा कसैलाई मधुमेह छैन, त्यसैले मलाई पनि हुने सम्भावना छैन भन्ने आत्म विश्वास एकै झट्कामा चकनाचूर भयो, जब उनको रगत परीक्षणमा चिनीको मात्रा २९८ निस्कियो।

‘मलाई मधुमेह होला भन्ने सोचेकै थिइन’, डा. पोखरेललाई एक दिन हल्का रिङटा लाग्यो । उनले खाँसै ध्यान दिएनन् । एक साथीले उनलाई ‘सुगर जाँच गरौन’ भने ।

डा.पोखरेलले आत्मविश्वासका साथ उत्तर फर्काए–‘मलाई कहाँ बाट मधुमेह हुन्छ ? मेरो परिवारमा यो रोगको इतिहास नै छैन ।’ तर साथीको जोड बलले उनले रगत परीक्षण गर्न माने । नतिजा आयो– २९८, उनले अचम्म मान्दै भने, ‘मलाई त बोल्नै सकस भयो, यस्तो हुन्छ भनेर कल्पना पनि गरेको थिइन ।’

नियमित स्वास्थ्य परीक्षण किन आवश्यक? 

डा. पोखरेलको अनुभवले देखाउँछ कि मधुमेह जस्तो रोग कुनै निश्चित सङ्केत नदिईकन पनि हुन सक्छ । पारिवारिक इतिहास नभए पनि जीवन शैली, खानपान, मानसिक तनाव आदिले यसको सम्भावना बढाउन सक्छ । त्यसैले, नियमित स्वास्थ्य परीक्षण गरौं । मधुमेह मलाई त हुँदैन, भन्ने भ्रम नपालौँ । स्वस्थ जीवन शैली अपनाऔं र सन्तुलित खानपान र व्यायाममा ध्यान दिऔँ ।

डा. पोखरेल अहिले मधुमेह नियन्त्रणका लागि औषधि लिइरहेका छन् । उनी भन्छन्, ‘खानपानमा ध्यान दिनु गाह्रो छ, तर मधुमेह नियन्त्रण नगर्ने हो भने स्वास्थ्यलाई गम्भीर असर पार्छ ।’

‘मलाई पनि मधुमेह छ म, यसको औषध खान्छु, उनी अगाडि थप्छन–‘वडा गार्‍हो छ खान पाइँदैन, खान नपाउँदा विरक्तै लाग्छ । त्यही खान पाइयोस् भनेर पनि म मधुमेहको औषधि खान्छु । औषधि खाए पछि चिनी नियन्त्रणमा होला र अलि अलि भए पनि खान पाइन्छ की भन्ने हिसाबले कोसिस गर्छु ।’

टाइप २ मधुमेहको जोखिममा को हुन्छ ? 

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ डाइबिटिज एण्ड डाइजेस्टिभ एण्ड किड्नी डिजीज को तथ्य पत्र अनुसार टाइप २ मधुमेह हुने सम्भावना तपाई को जिन्स (वंशानुगत गुण) र जीवन शैली जस्ता विभिन्न जोखिम कारकहरूमा निर्भर गर्छ । जोखिम कारकहरूमा समावेश छन ।

प्रीडायबिटीज हुनु, जसको अर्थ तपाई को रगतमा चिनीको मात्रा सामान्य भन्दा बढी भए पनि मधुमेह भन्ने स्तरमा पुगेको छैन।

  • बढी तौल वा मोटो पन हुनु।
  • ४५ वर्ष वा सोभन्दा माथिको उमेर हुनु।
  • परिवारमा मधुमेहको इतिहास हुनु।
  • उच्च रक्तचाप हुनु।
  • एचडीएल (राम्रो) कोलेस्ट्रोलको कम स्तर वा ट्राइग्लिसराइड्सको उच्च स्तर हुनु।
  • गर्भावस्थामा मधुमेहको इतिहास हुनु।
  • ९ पाउन्ड (४ केजी) वा सो भन्दा बढी तौल भएको शिशु जन्म दिएको इतिहास हुनु।
  • शारीरिक रूपमा सक्रिय भएको जीवन शैली अपनाउनु।
  • मुटु रोग वा स्ट्रोकको इतिहास हुनु।
  • डिप्रेसन (उदासी रोग) हुनु।
  • पोलिसिस्टिक ओझरी सिन्ड्रोम हुनु।
  • एकान्थोसिस नाइग्रिकान्स (Acanthosis Nigricans) हुनु, जसमा छाला विशेष गरी घाटी वा काखी (armpits) मा गाढा र बाक्लो हुन्छ। धूम्रपान गर्नु।

टाइप २ मधुमेह हुनबाट कसरी जोगिन सकिन्छ वा ढिलो गराउन सकिन्छ ?

यदि तपाई मधुमेहको जोखिममा हुनुहुन्छ भने, तपाई यसलाई रोक्न वा ढिलो गराउन सक्नु हुन्छ। यसको लागि तपाई ले स्वस्थ जीवन शैली अपनाउनु पर्छ। यी परिवर्तनहरूले मधुमेहको जोखिम घटाउनु का साथै तपाई लाई स्वस्थ राख्न र ऊर्जा वान महसुस गराउन पनि मद्दत गर्छ।

मुख्य परिवर्तनहरूः

तौल घटाउनु र त्यसलाई नियन्त्रणमा राख्नु ।

तौल नियन्त्रण मधुमेह रोकथामको महत्त्वपूर्ण भाग हो। यदि तपाई आफ्नो हालको तौलको ५ देखि १० प्रतिशत घटाउन सक्नुहुन्छ भने मधुमेह रोक्न वा ढिलो गराउन सक्नु हुन्छ । उदाहरणका लागि, यदि तपाई को तौल २०० पाउन्ड (९० केजी) छ भने, तपाई को लक्ष्य १०–२० पाउन्ड (४.५–९ केजी) घटाउने हुनुपर्छ। तौल घटाएपछि पुनः नबढाउने प्रयास गर्नुहोस्।

स्वस्थ भोजन योजना अपनाउनु ।

तपाई ले दिनभरि खानेकुरा र पेय पदार्थबाट प्राप्त क्यालोरीको मात्रा घटाउनु आवश्यक छ, जसले तौल घटाउन मद्दत गर्छ। तपाई को आहारमा साना परिकार, कम बोसो र कम चिनी भएका खाने कुराहरू समावेश गर्नुहोस्। साथै, सम्पूर्ण अनाज (Whole Grains), फलफूल, र तरकारीहरूको उचित मात्रामा सेवन गर्नुहोस्। रातो मासु (Red Meat) को मात्रा घटाउनुहोस् र प्रशोधित मासु (Processed Meat) बाट जोगिनुहोस्।

नियमित रूपमा व्यायाम गर्नूस ।

व्यायामले तपाईंलाई तौल घटाउन र चिनी नियन्त्रण गर्न मद्दत गर्छ, जसले मधुमेहको जोखिम घटाउँछ । सातामा कम्तीमा ५ दिन ३० मिनेट शारीरिक गतिविधि गर्ने प्रयास गर्नुहोस्। यदि तपाई पहिल्यै शारीरिक रूपमा सक्रिय हुनुहुन्न भने, कुन प्रकारको व्यायाम तपाई का लागि उपयुक्त हुन्छ भनेर स्वास्थ्य कर्मी सँग परामर्श लिनुहोस्।

धूम्रपान नगर्नू।

धूम्रपानले इन्सुलिन प्रतिरोध (Insulin Resistance) बढाउन सक्छ, जसले टाइप २ मधुमेहको जोखिम बढाउँछ। यदि तपाई धूम्रपान गर्नुहुन्छ भने, यसलाई छोड्ने प्रयास गर्नुहोस्।

डाक्टर सँग परामर्श लिनुहोस्।

यदि तपाई उच्च जोखिममा हुनुहुन्छ भने, तपाई को डाक्टरले मधुमेह रोक्नका लागि केही औषधिहरू सुझाव दिन सक्नुहुन्छ। स्वस्थ जीवन शैली अपनाएर टाइप २ मधुमेह हुनबाट बच्न सकिन्छ वा ढिलो गराउन सकिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!