अनुसन्धान

‘पहाडमा पदयात्राले पुरुषको प्रजनन क्षमतामा नकारात्मक असर, बुवा बन्ने क्षमता प्रभावित हुन सक्ने’


एक नयाँ अध्ययन अनुसार, उचाइमा हाइकिङ गर्ने, निन्द्रामा सास रोकिने जस्ता अवस्था हरूले पुरुषको अण्डकोषमा अक्सिजनको कमी गराउन सक्छ । यी अवस्था हरू विगत ५० वर्षको समयमा पुरुषहरूको प्रजनन क्षमतामा गिरावट को कारण हुन सक्छ ।

नेचर रिभ्यु युरोलोजी जर्नलमा प्रकाशित अध्ययन अनुसार, अक्सिजनको कमी ले पुरुषको शुक्राणुको गुणस्तर र समग्र प्रजनन स्वास्थ्यमा असर पार्छ । नियमित पद यात्रा गर्ने वा लामो समय सम्म उच्च उचाइमा बस्ने पुरुषहरूका लागि यो अनुसन्धान महत्वपूर्ण चेतावनी हो ।

उचाइ र प्रजनन क्षमता बीचको यो सम्बन्धले तपाई को प्रजनन स्वास्थ्यलाई असर गर्छ । यो अध्ययनले देखाएको छ कि अण्डकोषमा हुने अक्सिजनको कमी (टेस्टिस हाइपोक्सिया) पुरुषहरूको प्रजनन क्षमतामा गिरावटको मुख्य कारण हुन सक्छ।

पुरुषमा इनफर्टिलिटीको अर्थ हो, एक वर्ष भन्दा बढी समय सम्म नियमित असुरक्षित यौन सम्बन्ध राख्दा पनि गर्भधारण हुन नसक्नू। भने, सबफर्टिलिटी भनेको गम्भीर समस्या नभए पनि गर्भधारणको सम्भावना कम हुनु हो।

अण्डकोषमा अक्सिजनको कमी घातक 

यो अध्ययनका लेखक, अस्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका सिनियर लेक्चरर र प्रजनन बायोलोजिस्ट टेस्सा लर्डले भनेका छन्, ‘टेस्टिस हाइपोक्सिया वा अण्डकोषमा अक्सिजनको कमी प्रजनन स्वास्थ्यका लागि स्थायी खतरा हुन सक्छ ।’ यो समस्या स्लिप एप्निया वा भेरिकोसेल जस्ता पुराना स्वास्थ्य अवस्थाहरू का कारण हुन सक्छ ।’

उनी भन्छिन्, ‘भेरिकोसेल (अण्डकोषमा नसा फैलने समस्या) पुरुषमा बाझो पना (इनफर्टिलिटी) को सामान्य कारण हो । यो समस्या गर्भधारण गर्न नसकेका ४५ प्रतिशत पुरुषमा देखिन्छ । अर्को तर्फ, स्लिप एप्निया निन्द्रामा सास रोकिने समस्या हो, जसले श्वास प्रश्वास र रगतको अक्सिजन स्तरमा असर गर्छ । यस प्रकारका समस्याहरूको सङ्ख्या बढिरहेको छ, जसमा मोटो पन प्रमुख जोखिम हो ।’

अर्को पुस्ताको प्रजनन क्षमता समेत प्रभावित 

टेस्टिस हाइपोक्सियाको असर शुक्रकीट मा मात्रै सीमित छैन । यसले भ्रूणको विकास र अर्को पुस्ताको प्रजनन क्षमतालाई पनि असर गर्न सक्छ ।

अनुसन्धान ले देखाएको छ कि बुबाको टेस्टिक्युलर हाइपोक्सियाका कारण जन्मेका बच्चा हरूमा विकासमा समस्या हुन सक्छ र उनीहरूको प्रजनन क्षमतामा पनि असर पर्न सक्छ।

उच्च उचाइ र अन्य समस्याहरूको असर 

लेखकले थपे, ’अण्डकोषमा हाइपोक्सिया हुने विभिन्न कारणहरूमा उच्च उचाइमा हाइकिङ, स्लिप एप्निया, टेस्टिकल टर्सन (अण्डकोषको घुमावट) र भेरिकोसेल सामेल छन् ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!