अनुसन्धान
जेब्राफिसको प्रोटिनले पुनः धडकिनेछ मुटु, हृदय रोगीका लागि वरदान
नेदरल्याण्डका वैज्ञानिकहरूले मुटु रोगबाट पीडित बिरामीहरूको लागि नयाँ समाधान पत्ता लगाएका छन् । जेब्राफिस नामक माछामा पाइने प्रोटिन एचएमजीए–१ को सहयोगले अब मानव मुटुको मर्मत सम्भव हुने भएको छ ।
यो अनुसन्धान प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर कार्डियोभास्कुलर रिसर्च’ काे गत विहिवार, २ जनवरी सन २०२५ काे अंकमा प्रकाशित भएको छ ।
मुटु मरम्मत मा एचएमजीए–१ प्रोटिन को भूमिका
नेदरल्याण्डको हृयुब्रेक्ट इन्स्टिच्युटका बक्कर्स समूहका वैज्ञानिकहरूले जेब्राफिसको चोट ग्रस्त मुटु निको पार्ने क्षमताको रहस्य एचएमजीए–१ प्रोटिन रहेको पत्ता लगाएका छन् ।
अनुसन्धानले पत्ता लगायो कि यो प्रोटिनले मुटुको निष्क्रिय जीनलाई सक्रिय बनाउँछ, जसका कारण मुटु आफूलाई मर्मत गर्न थाल्छ । विशेष कुरा यसले मुटु को आकारमा कुनै प्रतिकूल प्रभाव पार्दैन । यो प्रक्रिया को परीक्षण मुसामा समेत गरियो, जसको सकारात्मक नतिजा प्राप्त भएको छ ।
मुसा मा परीक्षण सफल
वैज्ञानिक जेरोन बेकर्सले जेब्राफिस जस्ता जनावरले चोट लागेपछि आफ्नो मुटुलाई पुनः स्वस्थ गर्ने बताएका छन् । एचएमजीए–१ प्रोटिनलाई मुसाको क्षतिग्रस्त मुटुमा स्थानीय रूपमा प्रयोग गर्दा चमत्कारी परिणाम देखिएको थियो ।
जब उनको टोलीले मुसामा एचएमजीए–१ प्रोटिनको परीक्षण गरे, निष्क्रिय जीन सक्रिय भयो र मुटुको मांसपेशीले आफैँ आफूलाई मर्मत गर्न थाल्यो । अनुसन्धान अनुसार प्रोटिनले मात्र क्षतिग्रस्त भाग मै काम गर्यो र अन्य स्वस्थ भागमा कुनै असर गरेन । विशेष कुरा यो थियो कि यो प्रक्रियामा कुनै दुष्प्रभाव (साइड इफेक्ट) को सामना गर्नु परेन ।
मुटु रोगीहरूको लागि नयाँ आशा
यो खोजले मानवमा पुनर्जन्मको ढोका खोल्न सक्छ । विश्वभरि लाखौँ मानिसहरूले हृदय घात पछि मुटुको मांसपेशी कोशिकाहरू गुमाउँछन् । जसले उनीहरूको मुटुको कार्य क्षमता प्रभावित हुन्छ । एचएमजीए–१ प्रोटिनको सहयोगमा यी निष्कृय कोषिका हरूलाई सक्रिय गर्न सकिन्छ ।
जेब्रा फिस मा रहेको एचएमजीए–१ प्रोटिन मुटु मर्मत को लागि महत्वपूर्ण भूमिका खेल्ने पत्ता लागेको छ । यो प्रोटिनले मुटुलाई पहिलेको जस्तै राम्रो बनाउने मात्रै होइन, हर्ट फेल जस्ता गम्भीर अवस्थाबाट पनि बचाउन सक्छ । अनुसन्धानको अर्को चरणमा यो प्रोटिन मानव मुटुको कोषमा कति प्रभावकारी हुन्छ भन्ने अध्ययन गरिनेछ ।
६० दिन मा पूरा हुन्छ मर्मत
जेब्रा माछामा मुटु पुनर्जनन गर्ने असाधारण क्षमता हुन्छ । चोट पटक बाट क्षतिग्रस्त भए पछि जेब्राफिस को मुटु ले ६० दिन भित्र आफ्नो कार्य क्षमता पुनर्स्थापित गर्न सक्छ । अर्थात् आफ्नो क्षतिग्रस्त मुटुलाई पूर्ण रूपमा निको पार्न सक्छ ।
मानिस र मुसा मा भने यस्तो क्षमता हुँदैन । मानिसको मुटु ले हृदय घात पछि लाखौँ मांसपेशी कोषहरू गुमाउँछ, जसले प्रायः मुटुको विफलताको रुप लिन्छ ।
वैज्ञानिकहरू अब यो प्रक्रियालाई मानिसमा पनि लागू गर्ने दिशामा काम गरिरहेका छन्। यो खोजले मुटु रोगीको उपचारमा ठूलो क्रान्ति ल्याउन सक्छ ।
नेदरल्याण्डका वैज्ञानिकहरूको यो सफलताले मुटु रोगको उपचारमा नयाँ अध्याय थप्न सक्छ । यदि यो प्रविधि मानिसमा पनि सफल भयो भने मुटु रोगबाट पीडित लाखौँ मानिसले नयाँ जीवन पाउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस