किन गर्ने ‘ध्यान’ अर्थात् मेडिटेसन ?
स्वस्थ शरीरको लागि शारीरिक गतिविधि, व्यायाम गरे जस्तै मानसिक, सामाजिक र समग्र स्वास्थ्यको लागि ध्यान समेत गर्नु पर्ने आवश्यकता पछिल्लो वर्षहरू मा स्पष्ट हुँदै आएको छ ।
हाम्रो हिमालय क्षेत्र वाट विश्व भरी फैलिएको योग, ध्यान पुनः पछिल्लो केही दशक देखि विस्तारै विश्व भरी फैलिँदैछ । ध्यान को नियमित अभ्यास गर्नाले शरीर लाई स्वस्थ राख्न मद्दत मिल्ने कुरा विज्ञानले समेत मान्छ।
तनाव पूर्ण जीवन शैलीको कारण सबै जसो व्यक्ति स्ट्र्रेसमा रहन्छन् । राम्रो जीवन जिउनको लागि शारीरिक र मानसिक, दुवै रूपमा स्वस्थ रहनु आवश्यक छ ।
तनाव र चिन्ता बाट छुटकारा पाउन मनलाई शान्ति पाउन ध्यानलाई उत्तम विकल्प मानिन्छ । दैनिक केही मिनेट मात्र ध्यान गरेर तनाव र चिन्ता लाई नियन्त्रण गर्न सकिन्छ । साथै यसले तपाइको शरीर र दिमागलाई स्वस्थ राख्छ ।
ध्यान अर्थात् मेडिटेसन एउटा यस्तो मानसिक अवस्था हो जसमा व्यक्ति आफ्नो मस्तिष्क र मन लाई एकाग्रचित्त गर्ने प्रयास गर्छन् । मस्तिष्कलाई विचार वाट मुक्त गर्ने प्रयास अर्थात् ध्यान को बारे मा सामान्य भाषा मा भन्ने हो भने यो एउटा विचार हीन जागरूकता को अवस्था हो । ध्यान मग्न व्यक्ति पुर्न रुपमा आफ्नो नियन्त्रण मा हुनुको साथै मस्तिष्कमा लौकिक विचार हुँदैन ।
विभिन्न धर्म ग्रन्थहरूमा समेत ध्यानको व्यापक व्याख्या गरिएको छ । गीताको ६ औ अध्यायको श्लोक १२ र १३ मा, श्रीकृष्णले ध्यानको विधिको व्याख्या गरेका छन् । उनले अर्जुनलाई योगीले मनको शान्ति र शुद्धि प्राप्त गर्न र इन्द्रियलाई नियन्त्रण गर्न ध्यान गर्ने प्रकृया बारे बताएका थिए ।
ध्यानमा प्रायः आँखा बन्द गरेर वा तल तिर एक होरो हेरेर, चुपचाप ध्यानमा बसेर वा आराम गर्ने प्रकृया समावेश हुन सक्छ । ध्यानमा कहिले काही व्यक्तिले ध्यान केन्द्रित गर्न मद्दत गर्न वाक्यांश (वा मन्त्र) समेत दोहोर्याउने गरेका छन् ।
सबै भन्दा महत्वपूर्ण कुरा के छ भने ध्यान ले हामी लाई कुनै नोक्सान गर्दैन । झन् नियमित रूपमा यो प्रकृया सँग जोडिनेहरु विषम परिस्थितिमा समेत मानसिक सन्तुलन कायम राख्नुको साथै अन्य थुप्रै प्रकारका स्वास्थ्य लाभहरू समेत प्राप्त गर्छन् ।
अमेरिकाको नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एण्ड इन्टिग्रेट हेल्थ (एनआईएच) को अनुसार ध्यान र माइन्ड फुलनेस अभ्यासहरू वाट विभिन्न प्रकारका स्वास्थ्य लाभहरू हुन सक्छ र मानिसहरूलाई जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ ।
एनआईएचका अनुसार अध्ययनहरूले पत्ता लगाएका छन् कि ध्यान वा माइन्ड फुलनेसले मानिसहरूलाई चिन्ता, तनाव, डिप्रेसन, दुखाइ वा सुर्ती – चुरोट (निकोटिन), रक्सी, वा ओपियोइड्स को विथ ड्र्रावल सँग सम्बन्धित लक्षणहरू व्यवस्थापन गर्न मद्दत गर्दछ ।अन्य अध्ययनहरूले तौल नियन्त्रण वा निन्द्राको गुणस्तरमा ध्यान वा सजगता को प्रभावलाई समेत हेरेका छन् ।
छिमेकी मुलुक भारतको नयाँ दिल्ली स्थिति अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा गत वर्ष गरिएको एउटा अध्ययनले योग, ध्यानको माध्यमले छारे रोग (इपिलेप्सी) अर्थात मिर्गी रोग लाई नियन्त्रण गर्न सकिने देखाएको छ ।
अमेरिकी जर्नल न्युरोलोजी मा प्रकाशित यो अध्ययन एपिलेप्सी पिडित १६० जनामा गरिएको थियो । अध्ययनले छारे रोगको एटैक योग, ध्यानको माध्यमले सात गुणा कम गर्न सकिने देखाएको छ ।
यस्तै नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसन मा प्रकाशित एक रिपोर्ट अनुसार शरीरको तौल घटाउन ध्यान धेरै उपयोगी छ । नियमित मेडिटेसन वाट शरीर लाई धेरै आराम अनुभव हुन्छ जसले मेटाबोलिजम राम्रो हुन्छ ।
अनुसन्धानहरूले हाम्रो मानसिक स्वास्थ्यको लागि ध्यान कत्तिको लाभदायक छ भनेर देखाउँछ । यसको अभ्यासले तनाव कम गर्छ, चिन्ता कम गर्छ, उदारता बढाउँछ, आत्म–जागरूकता र आत्म–सम्मान सुधार्छ ।
अध्ययनहरू अनुसार ध्यान को अभ्यासले उमेर वृद्धि हुने प्रकृया लाई मत्थर पारेर तपाई लाई जवान राख्छ, आयु बढाउँछ । यो हुनुको कारण ध्यानले तनाव कम गर्नु हो र तनावले शरीरमा नकारात्मक प्रभाव पार्छ ।
यो न विर्सनुस की ध्यानले भेगस नर्भलाई उत्तेजित गर्न सक्छ, जसले सकारात्मक भावना र विश्रामलाई बढावा दिन्छ । विभिन्न अध्ययनहरूको अनुसार ध्यान को मस्तिष्क गतिविधि मा एक अनुकूल प्रभाव छ । उदाहरणका लागि, ध्यानले मस्तिष्कका भागहरूमा गतिविधि बढाउन सक्छ जुन मानसिक स्पष्टता सँग सम्बन्धित छ । ध्यानले शारीरिक आराम, मानसिक शान्ति र माया, दया, उदारता जस्ता अनुकूल भावनात्मक अवस्थाहरू प्राप्त गर्न मद्दत गर्दछ ।
अमेरिकन हर्ट एसोसिएसनले ध्यानको प्रयोगलाई मुटु रोग रोकथाममा कम जोखिम, कम लागतको हस्तक्षेपको रूपमा समर्थन गरेको छ र यस वारे थप अध्ययनको आवश्यकता बारे समेत औँल्याएको छ ।
ध्यान तनाव कम गर्न र समग्र स्वास्थ्य कल्याण मा लाभदायक मानिन्छ । दुखाइ र न्यूरोलोजिकल विकारहरू (पार्किन्सन लगायतका रोग) सहित क्रोनिक चिकित्सा अवस्थाहरूमा ध्यानको भूमिका को विषयमा विभिन्न अध्ययनहरू समेत भइरहेको छ ।
नेशनल हेल्थ इन्टरभ्यू सर्भेको अनुसार ध्यान अभ्यास गर्ने अमेरिकी वयस्क हरुको प्रतिशत सन २००२ र २०२२ को बीच ७.५ प्रतिशत वाट १७.३ प्रतिशत सम्म गरी दोब्बर भन्दा बढी वृद्धि भएको अमेरिकाको नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एण्ड इन्टिग्रेटिभ हेल्थ (एन आईएच) ले जनाएको छ ।
सन २०२२ को सर्वेक्षणमा तथ्याङ्क संकलन गरिएका सात पूरक स्वास्थ्य दृष्टिकोणहरू मध्ये ध्यान सबै भन्दा बढी लोकप्रिय देखिएको थियो । उक्त सर्वेक्षणमा ध्यान पछि योग (१५.८ प्रतिशत वयस्क) को लोकप्रियता समेत देखिएको थियो ।
अमेरिकामा वयस्क या पाको उमेरकाहरु मात्र नभइ बालबालिकामा समेत ध्यान लोकप्रिय भइ रहेको संकेत सन २०२२ को सर्वेक्षण को तथ्याङ्क हरुले स्पष्ट गरेको छ । ४ देखी १७ वर्ष उमेरका बालबालिकाको लागि सन २०१७ को उपलब्ध तथ्याङ्क अनुसार त्यो वर्षमा ५.४ प्रतिशत अमेरिकी बालबालिकाले ध्यान को प्रयोग गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस