कामनपाले कान्ति बाल अस्पतालमा मोडुलर ओटी निर्माण गर्ने


काठमाडौ– काठमाडौ महा नगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थिएटर निर्माण गर्ने भएको छ । मोड्युलर अपरेशन थियेटर शल्य क्रिया कक्षको एक आधुनिक अवधारणा हो, जहाँ बिरामीलाई उत्कृष्ट सर्जिकल हेरचाह प्रदान गर्न सबै आधुनिक प्रविधिहरू प्रयोग गरिन्छ ।

यसले शल्यक्रिया कक्षको टेबुल लाई लेमिनर हावा प्रवाहको साथ ढाक्छ, एएचयु र एचइपीए फिल्टरहरू मार्फत शल्यक्रिया कक्ष भित्रको हावा शुद्ध गर्दछ ।

महा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र अस्पतालका निर्देशक डा.पङ्कज रायले सोम बार निर्माण तथा उपकरण जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार अस्पतालले मोडुलर ओटि बनाउन लागत अनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँ भन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ । लागत र ड्रइङ डिजाइनका आधारमा खुला बोलपत्र आह्वान गर्ने, मूल्याङ्कन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ ।

महा नगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौता अनुसार रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकम सँग दोहोरो नहुने सुनिश्चित गर्नेछ र निर्माण हुने संरचनाको अनुगमन गर्नेछ । निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्त भित्र सम्पन्न गर्नु पर्नेछ ।

चालू आर्थिक वर्षको लागि महा नगरपालिकाले कान्ति बाल अस्पताल सँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!