‘भेरी अस्पतालमा सिकलसेल वार्ड स्थापना हुने, स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय’
काठमाडौं– भेरी अस्पताल नेपालगञ्जमा सिकलसेल एनीमिया रोगको उपचार का लागि छुट्टै हेमोग्लोविनोप्याथी वार्ड स्थापना हुने भएकोछ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।
मुलुकको पश्चिम तराई का थारु समुदायमा प्रमुख स्वास्थ्य समस्या को रुपमा देखिएको सिकलसेल एनीमिया रोग ले बांके, वर्दियाँ, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोवास गर्ने थारु समुदाय बढ़ी प्रभावित पाइएका छन ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्या का रुपमा रहेको सिकलसेल बाट समुदाय का झण्डै १२ प्रतिशत नागरिक प्रभावित रहेको देखिएको छ ।
विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका अनुसार सिकलसेल एनिमियाका विरामीहरुलाई शल्यक्रिया, औषधी एवं औषधीजन्य समाग्री, थप निदानात्मक सेवा, शैया सेवा शुल्क आदिको लागि १ लाख रुपैया सम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।
के हो सिकल सेल
रगतमा पाइने रातो रक्त कणिका को आकार गोलाकार वाट परिवर्तन भएर हंसिया जस्तै आकारमा रुपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोग लाई सिकल सेल एनीमिया भनिन्छ । सिकल सेलका बिरामीहरुको गोलाकार रक्त कणिका छिटो छिटो नष्ट भएर रगतको सञ्चारमा अवरोध उत्पन्न हुन्छ ।
यसले बिरामीको रगतमा अक्सिजन कम भएर शरिरका विभिन्न भित्री अंगहरुमा नोक्सानी पुग्नुका साथै मस्तिष्कमा स्ट्रोक, शरिरमा दुखाई, अन्य रोगहरुको संक्रमण, जण्डिसको जस्तो लक्षण देखिन सक्छ ।
यस्तै पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, लिंग उत्तेजित हुदा पिडा हुने, फियो वा कलेजोमा रक्त सञ्चार रुकावट आदि जस्ता विभिन्न रोगका लक्षणहरु देखा पर्दछ ।
विज्ञहरुको अनुसार सिकल सेल शरिरले औलो रोगको महामारी संग जुध्ने क्षमता विकास गर्ने क्रममा मानव जीनमा उत्परिवर्तन हुदा देखा परेको समस्या हो ।
प्रतिक्रिया दिनुहोस