‘विश्व मुटु दिवसः एक महिना सम्म नेशनल कार्डियाक सेन्टरको विशेष हेल्थ प्याकेज’


काठमाडौं–विश्व मुटु दिवस को अवसरमा बसुन्धारा स्थित नेशनल कार्डियाक सेन्टर (एनसीसी)ले आइत बार देखि एक महिना सम्मको लागि आधा दरमा वृहत् मुटु रोग र सामान्य स्वास्थ्य जाँच प्याकेज सार्वजनिक गरेको छ । वर्षेनी सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाइन्छ । यो वर्ष आश्विन १३ गते विश्व मुटु रोग दिवस मनाइने छ ।

विश्व मुटु रोग दिवसको दिन सम्म गरी एक महिना सम्म सञ्चालन हुने उक्त प्याकेजको मूल उद्देश्य स्वास्थ्य स्क्रिनिङ्ग प्रति जन चेतनामा अभिवृद्धि र रोग लाग्न नदिनू वा रोग लाग्नू को प्रारम्भिक चरण देखी नै स्वास्थ्य स्याहार प्रकृयामा सरिक गराउनु हो ।

पछिल्लो समय विकराल समस्या बन्दै गएको नसर्ने रोगले हुने मृत्यु दरमा कमी ल्याउने प्रकृयामा नेपालमा निजी स्वास्थ्य क्षेत्रको योगदान बढाउन ५० प्रतिशत डिस्काउन्टमा स्वास्थ्य स्क्रिनिङ्ग शुरु गरिएको कार्डियाक सेन्टरले जनाएको छ ।

स्वास्थ्य जाँचको परीक्षण शुल्क समेत निजी स्वास्थ्य निकायमा स्क्रिनिङ्ग को लागि नजाने एउटा मुख्य कारण हो । नसर्ने रोग सँग जुध्न एउटा सशक्त हतियारको रूपमा स्वास्थ्य स्क्रिनिङ्ग रहेको र यसलाई प्रवर्द्धन एवं युवा र मध्यम वर्गलाई यो प्रकृयामा सरिक गराउन ५० प्रतिशत छुट सहित एक महिना सम्मको लागि परीक्षण सेवा शुरु गरिएको कार्डियाक सेन्टरले जनाएको छ ।

स्वास्थ्य स्क्रिनिङ, चिकित्सा क्षेत्रमा कुनै लक्षण वा लक्षण हरू नभएका व्यक्ति हरूमा अझै सम्म निदान नभएको रोगको सम्भावित उपस्थिति पहिचान गर्न एउटा खास जनसङ्ख्यामा प्रयोग गरिने रणनीति हो । यसमा पहिले लक्षण वा निदान नभएको वा रोग भएका व्यक्तिहरू समावेश हुन सक्छन् ।

यस्ता किसिमका स्त्रिनिङ्गको कार्यक्रम ले आम व्यक्ति लाई स्वास्थ्य प्रति सचेत बनाउने र सही उपचारको लागि प्रेरित गर्ने विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएको छ ।

मुटु रोग, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल र अन्य स्वास्थ्य अवस्था बारे आम मानिसमा सचेतना जगाउँदै लुकेका रोगहरूको प्रारम्भिक पहिचान गर्न सहुलियत दरमा गुण स्तरीय सेवा प्रवाह गर्न लागिएको हो । यसमा मुटु रोगका विशेषज्ञ चिकित्सक हरूबाट स्वास्थ्य जाँच र परामर्श समेत दिइने छ ।

कार्डियाक सेन्टरले यस अघि समेत विश्व मुटु रोग दिवस लगायतका विभिन्न अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

यस्तै पछिल्लो तिन वर्ष सम्म विश्व मुटु रोग दिवसको अवसरमा स्वास्थ्य पत्रकारहरू को निःशुल्क मुटु स्वास्थ्य जाँच र मुटु रोग सम्बन्धी जानकारी अभिवृद्धि कार्यक्रम समेत सञ्चालन कार्डियाक सेन्टरले सञ्चालन गरेको हो ।

प्याकेजमा के छ ? 

यो विशेष कार्यक्रममा मात्र ७ हजार ७ सय रुपियाँको प्याकेजमा विशेषज्ञ चिकित्सक का परामर्श सहित इको कार्डियोग्राफी, ईसीजी, भिटामिन डी, भिटामिन बी १२, थाइरोइड फङ्सन टेस्ट, किड्नी फङ्सन टेस्ट, लिभर फङ्सन टेस्ट, लिपिड प्रोफाइल, कम्पिल्ट ब्लड काउन्ट, म्याग्नेसियम, क्याल्सियम प्रोटिन, एल्बमिन, क्लोराइड, फस्फोरस, अल्कलाइन फस्फेट टेस्ट, युरिन रुटिन टेस्ट तथा माइक्रोस्कोपी, छातीको एक्स-रे, ब्लड सुगर टेस्ट र युरिक एसिडको परीक्षण हुनेछ ।

सहुलियत दरमा एक महिने बृहत् मुटु रोग र सामान्य स्वास्थ्य जाँच प्याकेज (होल बडी चेक) कार्यक्रममा सहभागी हुन इच्छुकले नेशनल कार्डियाक सेन्टरमा नाम दर्ता गर्नु पर्नेछ । यसको लागि सेन्टरमै गएर, मोवाइल नम्वर ९७६७२३२४६८ मा सम्पर्क गरेर वा अनलाइन मार्फत विस्तृत जानकारी लिनुका साथै नाम दर्ता गरी सेवा लिन सकिने कार्डियाक सेन्टरले जनाएको छ ।

सचेतना जानकारी र सीपीआर तालिम समेत दिइने

कार्डियाक सेन्टर स्वास्थ्य प्याकेजको साथै सचेतना सम्बन्धी विभिन्न जानकारी अभिवृद्धि गर्ने सूचना सामाग्री वितरण गर्नु को साथै सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) तालिम समेत दिने छ ।

जब कुनै व्यक्ति लाई सास लिनमा समस्या होस वा सास लिन न सकिरहेको होस वा बेहोस भइ हाल्दा सिपिआर वाट ज्यान जोगाउन सकिन्छ । अचेत व्यक्ति वा एक्कासि मुटुले काम गर्न छोडेको अवस्था (कार्डियाक एरेष्ट) मा ज्यान जोगाउने मूल हतियार नै सिपिआर नै हो ।

बिजुलीको झडका लाग्दा, पानीमा डुब्दा, दम घुटने अवस्थामा सिपिआरको उपयोग गरिन्छ । हर्ट एटैक हुँदा सवै भन्दा अघि सिपिआर नै गरिन्छ । यसले पीडितको ज्यान जोगिने सम्भावना थुप्रै गुणा बढ्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!