नेपाल-चीन सीमामा ७ म्याग्निच्युड को भूकम्प, नेपालका धेरै क्षेत्रमा धक्का महसुस


काठमाडौं -मङ्गलबार बिहान नेपाल चीन सीमामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ।

विभागका अनुसार भूकम्प बिहान ६ बजेर ५० मिनेटमा गएको हो। यसको धक्का नेपालका प्राय: स्थानमा महसुस गरिएको छ। विशेष गरी पूर्वदेखि मध्य नेपाल सम्म ठूलो धक्का भएको रिपोर्ट प्राप्त भएको छ।

भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिकै पर्दछ। सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीका अनुसार ठूलो धक्का महसुस गरिएको र सम्भावित क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।

यस भूकम्पबाट भएको क्षतिको औपचारिक विवरण भने हालसम्म प्राप्त भइसकेको छैन। स्थानीय प्रशासन ले विभिन्न स्थानमा क्षतिको अवस्था बुझ्नका लागि टोली खटाइ सकेको छ। तिब्बत क्षेत्रसँगै नेपालको प्रभावित स्थानमा सर्वसाधारण त्रसित भएको जनाइएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!