राजदूत डा.शैल रूपाखेती द्वारा जर्मनीका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश


बर्लिन – जर्मनीका लागि नेपालका राजदूत डा.शैल रूपाखेतीले स्लस वेभु (Schloss Bellevue) दरबारमा आयोजित विशेष समारोहका बीच जर्मनीका राष्ट्रपति फ्राङ्क–वाल्टर स्टाइनमायर लाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

बर्लिन स्थित नेपाली राज दूतावासको अनुसार जर्मनीका राष्ट्रपति स्टाइनमायर सँगको भेटका क्रममा नेपाली राजदूत डा.रुपाखेतीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबाट पठाइएको शुभकामना सन्देश हस्तान्तरण गर्दै दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत रूपाखेतीले जर्मनीका राष्ट्रपतिको चासोका आधारमा नेपालका पछिल्ला राजनीतिक घटनाक्रम, भूराजनीति र नेपाल सरकारका प्राथमिकताका विषयमा जानकारी दिए । साथै, नेपालमा दिगो र समावेशी सामाजिक–आर्थिक रूपान्तरणका प्रयासमा जर्मनीले दिएको निरन्तर सहयोग प्रति धन्यवाद समेत व्यक्त गरे ।

जर्मनीका राष्ट्रपति स्टाइनमायरले नेपाल र जर्मनी बीच रहेको उत्कृष्ट सम्बन्धको प्रशंसा गर्दै यस लाई आगामी दिनमा अझ सुदृढ गर्न सकिने विश्वास व्यक्त गरे । राष्ट्रपतिले १७ जून २०२४ मा स्लस वेभ दरबार मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल सँग भएको द्विपक्षीय भेटवार्ता सम्झदै नेपाल भ्रमणको औपचारिक निमन्त्रणा का लागि धन्यवाद ज्ञापन गरे ।

उक्त समारोहमा जर्मनी सरकारका उच्च पदाधिकारी हरूको उपस्थिति रहेको थियो । राजदूत डा. रूपाखेतीलाई उहाँकी धर्मपत्नी डा. इन्दिरा पौड्याल र नेपाली दूतावासका तृतीय सचिव चुमनसिंह केसीले साथ दिएका थिए ।

समारोहको एक झलक  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!