सौर्य एयरलाइन्सको विमान दुर्घटना

सौर्य एयरलाइन्सको जहाज दुर्घटना, १८ जनाको शव निकालियो, विमान चालक एमआर शाक्यको जीवितै उद्धार


काठमाडौं — त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । प्रारम्भिक जानकारी अनुसार अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन । विमान चालक एम आर शाक्यको जीवितै उद्धार गरिएर सिनामङ्गल स्थित केएमसी अस्पताल मा उपचार भइरहेको छ । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । बुधवार करिब ११ बजे उक्त जहाज रनवेबाट पोखराका लागि उड्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेम नाथ ठाकुरले नेपालहेल्थप्रेसलाई बताए । ठाकुरको अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्य सहित १९ जना रहेको थियो ।

अहिले विमानमा आगलागी भइ धूवाँ उडिरहेको त्रिभुवन विमानस्थल नजिक रहेको नेपालहेल्थप्रेसका संवाददाताले जनाएको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्नि नियन्त्रकहरू आगो निभाउन प्रयत्नशील छन् । दुर्घटनाबारे थप आधिकारिक विवरण आउन बाकी छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!