सुपारीको डीएनए परीक्षण हुने / सुपारी नेपाली हो वा होइन पहिचान गरिने
![](https://www.nepalhealthpress.com/wp-content/uploads/2022/07/supari-shutterstock_1079387177-1-16347291014x3-1.webp)
काठमाडौ —विराटनगर स्थित रानी नाकाबाट भारत तर्फ निर्यात गर्न लागिएको ट्रकमा भएको भएको सुपारीको डीएनए परीक्षण गर्न दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले डीएनए परीक्षण विधिबाट सुपारी को उद्गम स्थल स्वदेश वा विदेश भएको पत्ता लगाउन सरकारलाई निर्देशन दिएको हो ।
विराटनगरस्थित रानी नाकाबाट नियन्त्रणमा लिइएको ८ ट्रक सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएको समितिका सदस्य महेश कुमार महराले बताए । उनले सुपारी नेपाली हो/होइन पहिचान भएपछि दोस्रो बैठक बस्ने समेत जनाए ।
करिव एक साताअघि ८ वटा ट्रकमा भारततर्फ निर्यात गर्न लागिएको सुपारी लाइ प्रहरीले विराटनगर स्थित रानी नाकाबाट नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी रहेको प्रहरीले जानकारी दिएको छ ।
एकै पटक धेरै मात्रामा भारततर्फ सुपारी निकासी गर्न लागेकोबारे स्थानीयको गुनासो पछि प्रहरीले ८ वटा भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । सुपारी सहितको ट्रक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई इटहरीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस